गुल्मीमा कांग्रेसको बिजयी जुलुश, हेर्नुस जनसागरनै उर्लियो गुल्मी हल्लियो चारै तिर कांग्रेसमय

गुल्मी । गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकामा नेपाली कांग्रेसका नगर प्रमुख पदका उम्मेदवार खिलध्वज पन्थी सहितका कांग्रेसका उम्मेदवारले बहुमतका साथ भारी मतान्तरले रेसुङ्गा नगरपालिकामा विजयी हासिल गरेसँगै पुनः यस नगरपालिकामा चार तारे झण्डा हरिएको छ । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थी निर्वाचित भएका छन् । पन्थीले आठ हजार ६१४ मत ल्याएर नगरप्रमुखमा निर्वाचित भएका हुन् ।

उपप्रमुख नेपाली कांग्रेसकै अमृतादेवी कुवँरले आठ हजार १९ मत ल्याएर उपप्रमुख निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नगर प्रमुखका उम्मेदवार नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डेयले ७ हजार ३२० मत ल्याए । उपप्रमुखमा एमाले उम्मेदवार रीता पाण्डेले ७ हजार २ सय ३१ मत ल्याइन् । हेर्नुस –