राजेन्द्र लिङ्देनले कैले राजा ल्याउदैनन लेखेर राख्नुस, उनि राष्टवादी नेता हैनन,थापाले झै धोका दिन्छन (भिडियो सहित)

राजेन्द्र प्रसाद लिङ्देन एक नेपाली राजनीतिज्ञ हुन्। उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष हुन्। उनी यस पार्टीका पूर्व महामन्त्री पनि हुन्। उनी नेपालको पहिलो सङ्घीय संसदका सदस्य हुन्। वि ।सं । २०७४ को नेपालको आम निर्वाचनमा उनी झापा ३ निर्वाचन क्षेत्रबाट ४४,६१४ (५६ ।५२%) मत ल्याएर निर्वाचित भएका थिए। आदिवासी समुदायका भएर पनि उनलाई जातिय आरक्षणको विरोधी नेताका रूपमा चिनिन्छ।

राजेन्द्र लिङ्देनको जन्म वि ।सं । २०२२ भदौ २२ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा भएको थियो। प्रहरी सेवामा रहेका उनका बाबुको जागिर झापामा भएकाले ढुङ्गेसाँघु (ताप्लेजुङ) मा जन्मेपनि उनको बाल्यकाल भने झापामा बित्यो। उनले राजनीति शास्त्र र इतिहासमा स्नातकोत्तर गरेका छन्।

विक्रम सम्वत् २०७१ को पार्टी महाधिवेशनमा उनले केन्द्रिय सदस्यमा खुला तर्फ सर्वाधिक मत (११०८ मत) पाएका थिए।६

विक्रम सम्वत् २०७८ मा भएक राप्रपाको महाधिवेशनको लागि २०७८ मंसिर ९ मा लिङ्देनले अध्यक्षमा र धवल शम्शेर राणाले महामन्त्रीमा उमेदवारी घोषणा गरेका थिए। उनले महामन्त्री धवलशमशेर जबरासहितको प्यानल घोषणा गर्दै अहिलेको नेतृत्वबाट पार्टी नचल्ने पनि बताएका थिए। उनले भनेका थिए “अध्यक्षत्रय (कमल थापा, पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनी)बाट पार्टी चल्दैन, तपाईंहरु नभए पनि यो पार्टी चलाउने मान्छे छौं है भनेर हामीले कार्यक्रम गरेका हौँ। धवल शमशेर राणाले मलाई अध्यक्ष प्रस्ताव गर्नुभएको छ, त्यो म स्वीकार गर्छु र अधिवेशनबाट अध्यक्ष लड्ने घोषणा गर्दछु’, उनले भने, ‘म नेतृत्वलाई गाली गर्दिन, समयले परिवर्तन खोज्यो। त्यसैले अध्यक्षमा उमेदवारी घोषणा गरेको हो।” उनले यसलाई बिद्रोह नभई बाध्यात्मक कदम बताएका थिए।