बाबुराम भट्टराइका कार्यकर्ताद्वारा खाेप्लाङमा एमालेका वडा अध्यक्ष कुटिए

गाेरखा । जनता समाजवादी पार्टिका नेता बाबुराम भट्टराइका दुइ जना कार्यकर्ताहरुले नेपाल कम्युनिष्ट पार्टी एमालेका पालुङटार नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष पदका उम्मेदवार भाेला श्रेष्ठलाइ निर्घात कुटपिट गरेका छन् । गएराति ८ बजे घरमा बसिरहेकाे अवस्थामा केही कुरा गर्नुछ भन्दै नेवार र तमाङथरका युवाहरुले शरिरमा निलडाम हुने गरी कुटपिट गरेका हुन् । श्रेष्ठ टेलिफाेन गरी भने, ‘बाहिर घाउचाेट देखिएकाे छैन, सुतिरहेकाे छु हिड्न मिल्ने अवस्थामा जिउ छैन ।’

खाेप्लाङ बाबुरा म भट्टराइकाे गाउँ हाे । पालुङटारमा नेकपा एमाले र जसपा वीच चुनावी तालमेल गर्ने सम्झाैता समेत भएकाे छ । घटनाबारे जानकारी लिन गरिएकाे सम्पर्कमा आएका जसपाका जिल्ला सचिव विपिनचन्द्र ढकालले आफूलाइ घटना बारे जानकारी नभएकाे बताए । साथै उनले दुख व्यक्त गर्दै घाइतेकाे शिघ्र स्वास्थ्य लाभकाे कामना गरेकाे छ ।

पछिल्लाे समय जनता समाजवादी पार्टी पालुङटारमा एमाले र काँग्रेसका कार्यकर्ताहरु माथि भाैतिक आक्रमणमा उत्रदै आएकाे त्यस क्षेत्रका नागरिकहरु बताउँछन् ।