चन्द्रकोट वार्ड नम्बर ७ मुहार फेर्न चाहने अन्तराम भण्डारी र टिम्मका यस्ता छन योजना।

आदरणीय रूपाकोटबासी बुवाआमा दाज़ुभाइ दिदीबहिनीहरु ! चन्द्रकोट गाउपालिका वार्ड नं.७ रूपाकोटको अध्यक्ष पदको उम्मेदवार म अनन्तराम भण्डारी ।
अहिले मैले उम्मेदवारी दिएको कारण—मेरो बाक़ी जीवन अब रूपाकोट मैं सेवा गर्ने हो । मेरो रूपाकोटको अलावा कतै पनि घर सम्पत्ति छैन । मैले विजयी भएपनि र नभएपनि समाजको लागि उत्तिकै सक्रिय रहने छु ।

मैले मेरो जीवनमा आफ्नो सामान्य दैनिक जीवनयापनका लागि सहज वातावरण बनाएको नै छु । र मेरा सन्ततिको लागि मैले अब क़ेही थप सोच्नपर्ने भन्दापनि यहि समाजका लागि अनफ्नो बाँकी जीवन समर्पित गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । म संग सैद्धान्तिक योग्यता कम भएपनि व्यवहारिक रुपमा समाजलाई दिनुपर्ने योग्यता येथेष्ट छ भन्ने विश्वास दिलाउन चाहन्छु । साथै यो गाउ र समाजका लागि गर्नुपर्ने काम र कर्तव्य मलाई राम्रोसंग जानकारी भन्ने लाग्दछ ।

यो गाउ मैले जान्दाबाट बुद्धिजिवि र पढे लेखेकाले नै चलाएका छन के कस्तो भैरहेको छ तपाईहरुले मूल्यांकन गर्नु भएकै छ । मैले रूपाकोटमा गर्नुपर्ने क़ेही विकासका कामहरु देखेको छु । यी विकासका कार्य सम्पन्न गर्नका लागि आगामी कार्यकालका लागि म लगायत मेरो टीम विजयी भयौ भने सहज रूपमा सर्वदलीय र सर्व पक्षीय छलफलमा समन्वयात्मक रुपमा कार्य सम्पादन गर्ने प्रतिवद्धता समेत जनाउदछौ।

१) आर्थिक अनियमितता तथा भ्रष्टाचार गरिने पनि छैन, गर्न दिइने पनि छैन । यो सामाजिक ठहरिने छ । अनावश्यक सरकारी सेवा सुविधा लिइने छैन ।
३) तीन तीन महिनामा सामाजिक भेला गरि जनगुनासो तथा जनताको समस्या सुनुवाई गरि कार्यान्वयन गरिने छ। सेवाग्राहीहरुलाई छिटो छरितो सेवा प्रदान गरिने छ ।
४) निर्माणधिन योजनाहरुलाई निरंतरता गरी समयमा सम्पन्न गरिने छ ।
५) शिद्धबाबा मन्दिरमा जाने बाटो तथा अन्य आवश्यक भौतिक संरचना निर्माण गरि धार्मिक पर्यटकीय स्थल बनाउन पहल गरिने छ ।
६) बरबोट रैकर र हर्सेगौडाको पहिरो रोकथामको लागि पहल गरिने छ र जोखिम भएका बस्तीहरुलाई सुरक्षीत स्थानमा सारीने छ।
७) सामाजिक सम्पत्ति तथा मठ मन्दिरको उचित व्यवस्थापन तथा संरक्षण गरिने छ । जल जमिन र जडीबुटीको भरपुर प्रयोग गरिने छ ।
८) खेतीयोग्य जमिनको विशेषज्ञद्धारा माटो परिक्षण गरि उचित किसिमको बिउविजन मलखाद र औजारको लागि पहल गरिने छ ।
९) रुपाकोटको लागि चौबिस घण्टा सेवाको लागि एम्बुलेन्सको व्यवस्थाको लागि गाउपालिका तथा दाताहरुसँग सहयोगको आहृवान गरि व्यवस्था गरिने छ ।

१०) सम्पूर्ण विद्यालयको उचित व्यवस्थापन गर्ने, शारदा माध्यामिक विद्यालयलाई गुणस्तरीय शिक्षाको लागि आवश्यक पहल गर्ने र गुणस्तरीय शिक्षाको अभावले बसाई सराइ लाई रोकथामको उपाय खोजीनेछ । ११)रुपाकोट बाट भार्षेखोलापारी (बेलबोट,सेरा)मा बसाई सराई गर्नु भटका रुपाकोटे दाजुभाई हरुका समस्या लाई सम्बोधन गरीने छ।

१२) आमा समूहको लागि आर्थिक सहायता उपलब्ध गराउने, तथा रुपाकोट तुराङ्ग, बलिथुम, जुभङ्ग, हुङ्गा, पल्लीकोट, चिदीपानी, जोहाङ्गसँगको सहयोग लिई दमुकामा कम्तीमा १५ शैयाको अस्पताल बनाउन पहल गरिनेछ ।
खेलकूदको विकास तथा मैदान निर्माणलाई प्राथमिकतामा राखिने छ |

१३) खानेपानीको असुविधा भएका बौंसेधी ,लेख,छाप मा लिफ्टिङ्ग मार्फ़त पानि उपलब्ध गराइनेछ |
१३) थुलारघुको पानीको समस्या समाधानको लागी धारापानीको पानी लिफ़्टिंग गरी डाडॉपोखरामा टंकी निर्माणगरी वितरण गरिने छ। डकुवा र राबको लागीखानेपानी तथा सिंचाईको व्यवस्था गरीने छ।
१४) गहदेको लागी सिंचाईको ब्य्बस्था सहित विद्युतको समेत अध्यंन गर्ने पहल गरिने छ|
१५) सोता तथा धुरपुरलाई थप तटबन्ध गरीनेछ।
१६) अशक्त बालबालिकाहरु तथा वृद्धहरुको लागि आर्थिक सहायता प्याकेजको व्यवस्था गरिनेछ ।
१६) दाहसस्कार (लास जलाउने) को लागि सिस्ने खोलामा पक्की पैवाको निर्माण गरिने छ ।
१७) किरियापुत्रीहरुको लागि काजक्रियाको लागि सुविधा सम्पन्न भवन निर्माण गरि संचालन गरिनेछ ।

यी माथि उल्लेख गरिएका प्रतिवद्धताहरु आफु निर्वाचित भएपनि नभएपनि कार्यान्वयनका लागि निरन्तर दबाब र पहल गरिने छ ।