नेपालको चर्चित डिजिटल समाचार पोर्टल अनलाइनखबरलाई अनलाइक गर्नेको लाग्यो लर्को, यस्तो छ कारण

काठमाडौं । नेपालको १ नम्बर मानिने अनलाइन समाचार पोर्टल अनलाइन खबरको आधिकारिक फेसबुक पेजलाई अनलाइन गर्नेहरुको लर्को लागेको छ । पछिल्लो २४ घण्टामा यो समाचार तयार पार्दासम्म करिब ३ लाख बढी लाइक घटिसकेको हो । यो क्रम निरन्तर तिब्र गतिमा बढिरहेको छ । अनलाइनखबरको लाइन घटाउन पूर्वसचिव तथा सामाजिक अभियान्ता भीम उपाध्याय लगायत सामाजिक सञ्जालका केही पात्रहरुले मेनरोल खेलिरहेका छन् ।

अनलाइनखबरको अनलाइक निरन्तर ओरालो लाग्नुको कारणः अनलाइक गर्ने क्रम बढ्नुको मुख्य कारण हो शुक्रबार करिब दिउसो अनलाइनखबरको पेजमा प्रकाशन भएको एउटा ब्लग । त्यो ब्लग काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहसँग सम्बन्धित थियो ।

ब्लगको शीर्ष थियो, भाइरल उम्मेदवार र राष्ट्रिय झण्डको अपमान । अहिले बालेन सामाजिक सञ्जालमा निकै छाएका छन् । प्रमुख दलका उम्मेदवारहरु समेत बालेनको क्रेज देखेर झस्किएका छन् ।

देशकै शिक्षित र सचेत जनसंख्याको बसोबास रहेको यस क्षेत्रमा बालेनले इतिहास रचे आश्चर्य मान्न नपर्ने विश्लेषण हुन थालेका छन् । दलिय रुपमा जकडिएको नेपाली समाजमा पछिल्लो समय युवाहरु जागरुक हुदै आमाबुवा देखि परिवारका सबै सदस्यलाई स्वतन्त्र उम्मेदवारलाई भोट हाल्न लगाउन फकाइरहेका छन् ।