चर्चित दोहोरी गायिका सुनितामी परियारले गाएको नयाँ गित ‘घामपानी’ बजारमा (भिडियोसहित)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा बसन्त घिमिरेको नयाँ दोहोरी गित ‘घामपानी’ भखरै सार्वजनिक भएको छ । चर्चित दोहोरी गायिका सुनितामी परियार र गायक विजय सनमको आवाजमा रहेको उक्त गितमा गितकार एवम् सर्जक रमेश परियारको उत्कृष्ट शब्द सृर्जना एवम् गायक विजय सनमको लय रचना रहेको छ । अत्यन्तै सरल र मौलिक शब्दहरुले भरिएको गितमा माया गर्ने प्रेमिकल जोडूमायाप्रेमकै बिषयवस्तुलाई प्रस्तुत गरिएको छ ।

घामपानीमा इन्द्रेणी परेको

तिमि नै हौं सानु मैले माया गरेको

गीतको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ । भिडियोलाई निर्देशक सुनिल क्षेत्री निर्देशन एवम् कोरियोग्राफी गरेका छन भने सुनिल क्षेत्रीलाई सुहाना थापाले अभिनय संगै डान्सिङ्ग फिचरमा साथ दिएकी छिन । अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई अजय रेग्मीको छायांकन एवम् अमृत चापागाईको सम्पादन रहेको छ । गितको म्युजिक भिडियो अत्यन्तै रोचक र लोभलाग्दो वनेको छ |

उक्त गितको म्युजिक भिडियो Great ABG को अफिसियल युटुव च्यानलबाट बजारमा पठाईएको छ । गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :