गणेश अधिकारी र शान्ति श्री परियारको आवाजमा “हतियार” सार्वजनिक (भिडियो सहित)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा आफ्नो उत्कृष्ट शब्द तथा लयबाट सबै माझ चर्चामा रहेका गायक गणेश अधिकारीले निर्देशन गर्ने कामको पनि सुरुवात गरेका छन । उनै अधिकारीले निर्देशन गरेको नयाँ गीत सार्वजनिक भएसँगै उनको परीक्षाको घडि पनि सुरु भएको छ ।

भर्खर मात्र जीवन साथी युउटुव च्यानलबाट सार्वजनिक भएको उनको सो गीत हतियारमा अधिकारीले निकै उत्कृष्ट काम गरेका छन । अधिकारीकै लय तथा शब्द सिर्जना रहेको सो गीतमा आवाजमा शान्ती श्री परियारले साथ दिएकी छन । माया प्रेमलाई विषय बनाएर गीतको अडियो र भिडियो तयार पारिएको छ । गीत हेर्न सुरु गर्ने दर्शकलाई अन्तिम सम्म बाधेर राख्ने काम गीतले गर्दछ । गीतमा गणेश अधिकरी,सारिका केसी र दिपक खत्रीको मनमोहक अभिनय रहेको छ ।

आँफुहरुले अत्यन्तै मेहनत गरेको बताउँदै गीतले सबै दर्शक स्रोताको माया पाउनेमा आशावादी रहेको निर्माण युनिटले जनाएको छ । गीतको आर्थिक सन्देश समेत मिडिया सारथी रहेको छ । गीतको प्रस्तुत कर्ता जीवन कँडेलले पनि गीत सार्वजनिक भएको छोटो समयमै सबैबाट राम्रो प्रतिक्रिया पाइरहेको बताएका छन ।