हामी पुरुषहरुले धेरै राज गर्‍यौं तर लछारपाटो लगाउन सकेनौं : प्रचण्ड

काठमाडौ २३ वैशाख । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महिलालाई कार्यकारी प्रमुखको रुपमा हेर्नु पर्ने बेला आएको बताएका छन् ।

शुक्रबार पाँच दलीय गठबन्धनको आमसभालाई सम्बोधन गर्दै प्रचण्डले पुरुष धेरै सत्तामा गए पनि काम गर्न नसकेको भन्दै अब महिलालाई कार्यकारी प्रमुखको रुपमा हेर्नु समय आएको बताएका हुन् ।

‘कसैलाई छोरी र कसैले श्रीमती भनेर महिलाभित्र रहेको क्षमतालाई अपमान गर्ने काम भएको भन्दै प्रचण्डले भने , ‘रुषहरुले धेरै राज गर्‍यौं तर लछारपाटो लगाउन सकेनौं ।’

काठमाडौको मेयरमा र्सिंजना सिंहलाई उम्मेदवार बनाएको प्रति सकारात्मक देखिएका प्रण्डले राजधानी विदेशहरुको चियाउने आँखीझ्याल भएकोले ऐतिहासिक परिवारसँग सम्बन्धित सदस्यलाई मेयरको रुपमा अघि सार्नु राजधानीका लागि अवसर भएको बताएका छन् ।