सिरानचोक ६ मा प्रेम वस्तीको जीत हुने सम्भावना बढी

गोरखा – गोरखा जिल्लाको, सिरानचोक गाउँपालिकाको वडा नम्बर ६ मा माओवादीको उम्मेदवारको रुपमा प्रेम वस्ती उठ्नु भएको छ । सिरानचोक वडा नम्बर ६ का जनताको पीर मर्का लाई बुझेर त्यहाँको बिकाश र समृद्धीका लागि सदैव चिन्ता लागिरहने र अहिले मलाई पार्टीबाट पनि वडा अध्यक्षमा उम्मेदवार बन्ने सुअवसर प्राप्त भएकोले यो अवसरलाई सदुपयोग गरि वडाबासिको सेवाको लागि आफ्नो जीवन अर्पण गर्न चाहान्छु भनि प्रेम वस्तीले उम्मेदवारी दिएका छन् ।

उम्मेदवार वस्तीले आफुले बिजयी भएमा सिरानचोक, वडा नम्बर ६ को बिकाशको लागि निम्न अनुसारको काम गर्ने प्रतिबद्धता जाहेर गर्दछु भनी आफुले गर्ने कामको फेहरिस्त नै प्रस्तुत गरेका छन् ।

वहाले सम्पूर्ण  सिरानचोक गाउँपालिका वडा न ६ गाँखुबासी आमा बुबा दाजुभाइ दिदिबहिनी हरु समक्ष मेरो प्रतिबद्धता भनि प्रस्तुत गर्नु भएको घोषणाका बुंदाहरु निम्न छन् ।

१. वडाको  जनप्रतिनिधिको  हैसियतमा प्राप्त  गर्ने  कुनैपनि सेवासुबिधा ब्यक्तिगत  रुपमा प्रयोग नगरि सामाजिक सेवामामा प्रयोग गरिने छ  ।

२. वडा भित्रका मुख्य  सहायक सडकहरु १२ महिना नै एम्बुलेन्स  सेवा सचालन गर्न सकिने गरि स्तर  उन्नति गरिने छ।

३. वडा भित्रको बिकास  बजेट बाट कम्तीमा  १ प्रतिशत रकम छुट्टयाई प्राकृतिक  प्रकोप तथा बिपद ब्यवस्थापन  कोष सँचालन गरिने छ ।

४. दिर्घकालिन महत्त्वको बिषयमा निर्णय गर्दा सर्बपक्षिय निर्णयबाट मात्र गरिने छ।

५. सम्पूर्ण  नागरिकको स्वास्थ्यमा सहज पहुंच पुर्‍याउन प्रत्येक परिवारलाई  स्वास्थ्यबिमा कार्यक्रममा आबद्द गरिने छ ।

६. गर्भवती  महिलाको  पोषणमा विशेष ध्यान दिइनेछ।

७. प्रत्येक गर्भवती  महिलालाई  सुरक्षित सुत्केरी  सेवाको लागि निशुल्क रुपमा उपयुक्त  स्वास्थ्य  संस्थामा ल्याउने  र लैजाने ब्यबस्था गरिने छ ।

८. सामुदायिक बिधालयको शैक्षिक  सुधारको लागि प्रत्येक  बिधालयमा कम्पुटर ,पुस्तकालय , गरिब तथा जेहेन्दार  छात्रवृत्ति कोष सन्चालन गरिने छ।

९ आधुनिक कृषि  प्रणालीमा बिशेष  ध्यान दिदै मासुजन्य, दुधजन्य, तरकारिजन्य, फलफुलजन्य, लगायतका बस्तुमा आत्मनिर्भर बनाई गरिबी तथा बेरोजगारी न्युनिकरण  गरिने छ।

१०. श्रीनाथ मंडली मन्दिरको स्तर उन्नतिमा सहकार्य गरि आन्तरिक एवम बाह्य पर्यटनको आकर्षणको केन्द्र  बनाउने गरि पैदल मार्ग तथा मौलिक शैलिको होमस्टे सँचालन गरिने छ।

११. कार्यलयको सार्वजनिक सेवा प्रबाहमा सर्बसाधरणको सहज पहुच पुग्ने गरि सेवा प्रवाह गरिने छ ।

१२. वडा कार्यालयको हरेक कार्यक्रम, योजना, तालिम लगायतका सुचनाहरु प्रत्येक नागरिकको पहुँचमा पुर्‍याउन वडा कार्यलयको आधिकारिक फेसबुक पेजबाट जानकारि गराइने छ।  प्रत्येक परिवारलाई उक्त पेजमा आवद्द गरिने छ।

१३. वडा भित्रको पायक पर्ने स्थानमा कम्तिमा २०० जना अट्ने सभा हलको निर्माण गरिने छ ।

१४. विभिन्न जातजाति , कला, धर्म ,सस्कृति , पाटिपौवा , गुम्बा, मठमन्दिरको मौलिक तरिकाले संरक्षण गरिने छ ।

१५. सामाजिक  सुरक्षा भत्ता सम्बन्धित  सरोकार पक्षहरुसँगको सहकार्यमा घरघरमा पुगेर बितरणको लागि पहल गरिेने छ ।

१६. दलित, महिला ,अपांग, लगायत आर्थिक तथा सामाजिक रुपले पछाडि परेका नागरिकको उत्थानका निम्ति आयाआर्जनका विभिन्न कार्यक्रमहरु सचालन गरिने छ ।

१७ .जिल्ला स्तरिय खेलकुदको लागि आवश्यक पुर्वाधारको निर्माण गरिने छ। प्रत्येक बर्ष खेलकुद सप्ताह गरिने छ।

१८. हरेक बिकास निर्माणको कार्यहरु गर्दा बातावरणीय पक्षको प्रभाब मुल्यांकन (EIA) अनिवार्य गरिने छ ।

१९.कृषि तथा पशुपालन समन्धित सम्पुर्ण सिफारिस पालिकाको अनुमतिमा निसुल्क दिइनेछ।

वडा नम्बर ६, गांखुको उम्मेदवार वस्ती त्यस भेगका जनताको प्रिय पात्रको रुपमा सम्पुर्ण गांखुबासी युवा तथा बृद्धाहरुको ढुकढुकीमा बस्न सफल भएकाले र वहाको चुनावी घोषणाका बुंदाहरु पनि उत्कृष्ट भएकाले वहांको जित सम्भावित छ । वडाबासी जनताले प्रेम वस्तीलाई बिजयी बनाउनका लागी गोलाकार भित्रको हँसिया हथौडामा छाप लगाउन आतुर देखिएको कुरा स्थानीय जनताहरु बताउँछन् ।