महेन्द्र बोहराको भ्रष्टाचार विरुद्ध ब्याङ्ग्यात्मक गीत ‘जति सक्छस् लुट तैलाइ मात्र छुट’ सार्वजनिक

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा सुदुर पश्चिम बैतडी जिल्ला सिगाश गाउँपालिका घर भइ हाल काठमाडौं बस्दै आएका महेन्द्र बोहराको भ्रष्टाचार विरुद्ध ब्याङ्ग्यात्मक गीत_जति सक्छस् लुट तैलाइ मात्र छुट_ बोलको गीत सार्वजनिक भएको छ ।

महेन्द्र म्युजिक प्रा.लि.ले उत्पादक एवम् बितरण गरेको गीतलाई महेन्द्र बोहराले सृर्जना गरेका हुन भने स्वर/लय/शब्द/ निर्देशनका साथसाथै आफुले पनि स्वयम् अभिनय समेत गरेका छन् । गीतमा बिमल खड्का र मनोज घिमिरेले अभिनय गरेर साथ दिएका छन् भने सन्तोष सुवेदीले छायांकन गरेका हुन भने दीपक जोशीले सम्पादन गरेका छन् । उक्त गीतलाई बिनोद बाजुरालीले एरेन्ज गरेका हुन भने मिक्सिङ खड्ग बाजुरालीले गरेका छन् भने उक्त गीत स्टुडियो मालाश्रीमा रेकर्ड भएको हो ।

यो गीतले एउटा भ्रष्टाचार विरुद्धको आवाज उठाइ रहेको छ । अघिल्लो निर्वाचन २०७४ को चुनावमा जनताहरुलाई झुठो आश्वासन दिएर काठमाडौंको सिंहदरवारलाई गाउँगाउँमा पुर्याउछौ भनेर जनतालाई खुसी पार्दै आफू सत्ता र सक्तिमा पुगे र जनताले यहीँ दलका नेताहरुलाई जिताएर सत्ता र सक्तिमा पुर्याए तर जनताका समस्या कसले कहाँ कति समाधान गरेत ? जनताले के कति सुविधा पाएत ? जनाताले चाहेको स्वास्थ शिक्षा र रोजगार खैत पाएको ? भनेर उक्त गीतकथामा प्रष्ट पारिएको छ र हामी नेपाली जनताले कहिले सम्म बिदेशी को दासी भएर बस्नु पर्ने हामी नेपाली जनताले चाहेको सुखी र समृद्धि नेपाल कहिले सम्म बन्ने हो र हाम्रो देशको कानुनको नियम नीति कहिले सम्म खरिद र बिक्री हुने होर आज 30/32 सौ बर्ष भयो हामी नेपाली जनतालाई ठग्दै आएको र आज हुँदा हुँदा देश बिपरित राष्ट्र घाती Mcc लाई पनि पास गरे हजारौं जनताहरु Mcc विरुद्ध सडकमा आन्दोलन गर्दा पनि हामी आम नेपाली नागरिकहरुले भनेको कुराहरु सुनेन र 28/29 बर्ष भयो मदन भण्डारीको हत्या भएको 22/23 बर्ष भयो स्वर्गीय राजा बिरेन्द्र हत्या भएको र 6/7 बर्ष भयो निर्मला पन्तको बलात्कार पछि हत्या भएको र निर्मला पन्त जस्ता हजारौं छोरी दिदिबहिनीहरुको हत्यारालाई अहिले किन पावर र पौहुचका भरमा लुकाएर राखेका छन् कोभिड्को बेला राहत बाड्दा जेलमा हाल्ने र कयौ नेपाली जन्ताहरु भोकभोकै मर्नुपर्ने र एउटा कलाकारहरुले गीत गाउँदा किन धम्की दिन्छन् भन्ने जस्ता कुराहरूको उक्त गीतमा समाबेश गरिएको गितका गायक एवम् सर्जक महेन्द्र बोहराले हामिसंग बताऊनु भयो ।

उक्त गितको म्युजिक भिडियो Mahendra Bohara को अफिसियल युटुव च्यानलबाट बजारमा पठाईएको छ । गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :