हिजो बेलुकादेखि प्रचण्ड र माधवले बालुवाटारमा रुवावासी गरेपछि भरतपुरमा बोल्न पाए: अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रोइकराइ गरेपछि भरतपुरमा प्रचण्ड र माधव नेपालले बोल्न पाएको भन्दै व्यंग गरेका छन् । आज (बिहीबार) कैलालीको बर्दगोरियामा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘नेपाली कांग्रेसले सातै प्रदेशमा आमसभा गरिरहेको छ । प्रचण्ड र माधवलाई बधाई दिन चाहन्छु,’ उनले भने,‘आफैं सभा गर्न नसक्ने कांग्रेसको पछाडि पछाडि लागिरहेका छन् ।’ उनले हिजो बेलुकादेखि प्रचण्ड–माधवले बालुवाटारमा रुवावासी गरेपछि बोल्न पाएको बताए ।