गुल्मी जिल्ला समाज यूकेमा नयाँ कार्यसमिति, अध्यक्षमा बीर बलाल

लन्डन। गुल्मी जिल्ला समाज यूकेमा बीरबहादुर बलालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ।

आइतबार अल्डरसटको प्यालेस हलमा सम्पन्न संस्थाको सातौँ अधिवेशनले बलालको अध्यक्षतामा सर्वसम्मत् कार्यसमिति निर्वाचित गरेको हो।

डेढ दशकअघि समाजको स्थापनाकालदेखि नै सक्रिय रहंदै आएका बलालले अहिले संस्थाको नेतृत्व गर्ने अवसर पाएका छन्। यसअघि उनले महासचिव, सचिव जस्ता महत्वपूर्ण भूमिकामा रहेर संस्थामा योगदान गरिसकेका छन्।

आगामी तीन वर्षे कार्यकाललाई कार्यसमितिको उपाध्यक्षमा मञ्जु भण्डारी, वरुण भण्डारी र तारा भट्टराई निर्वाचित भएका छन्। त्यस्तै, महासचिवमा रुद्र थापा, सचिवमा महलाल घिमिरे, कोषाध्यक्षमा मुकुन्द खराल, सहकोषाध्यक्षमा तेज श्रीष र सदस्यहरुमा शम्भु अर्याल, डम्बरबहादुर श्रीष, राम पाण्डे, दुर्गा सापकोटा, राधा खरेल, मीना न्यौपाने, माया केसी र गुण थापा निर्विरोध निर्वाचित भएका छन्।

निर्वाचन समितिका प्रमुख मीन दर्लामीले नवनिर्वाचित कार्यसमितिको घोषणा गर्दै नयाँ पदाधिकारीहरुलाई शपथग्रहण गराएका थिए। नयाँ कार्यसमिति घोषणाको सत्र निर्वाचन समितिका सदस्यसचिव रन केसीले सञ्चालन गरेका थिए। निर्वाचन समितिमा मोति भण्डारी, केशव भण्डारी, क्या ताम ढेगा, ओम गुरुङ र चक्रबहादुर राना सदस्य थिए।

नवनिर्वाचित कार्यसमितिलाई समाजका संस्थापक अध्यक्ष ओमप्रसाद थापा, पूर्व अध्यक्षहरु अर्जुन गौतम र राम गलामी तथा निवर्तमान अध्यक्ष टोप पल्लीले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए।

त्यस्तै, निर्वाचन समितिका प्रमुख मीन दर्लामी, सदस्यसचिव रन केसी, सदस्यहरु मोति भण्डारी, केशव भण्डारी, क्या ताम ढेगा, ओम गुरुङ र चक्रबहादुर रानाका साथै सल्लाहकारहरु बालजंग अर्याल, दुर्गा पाण्डे, विनोद ज्ञवाली, राजन श्रेष्ठ, डा विष्णु घिमिरे नेपालबाट आएका अतिथि बेदप्रसाद शर्मा लगायतले पनि बधाई एवम् शुभकामना दिएका थिए।

नवनिर्वाचित अध्यक्ष बीरबहादुर बलालले आफ्नो प्रतिवद्धता मन्तव्य राख्दै आफूलाई संस्थाको नेतृत्व सुम्पिने अग्रज एवम् सम्पूर्ण बेलायतवासी गुल्मेलीहरुप्रति आभार प्रकट गरे। संस्थालाई अग्रजहरुले डोर्‍याएको बाटोमै थप गतिशील बनाएर अघि बढाउने प्रतिवद्धता गर्दै उनले सबैको साथ, सहयोगको लागि आग्रह गरे।

त्यस्तै, निवर्तमान अध्यक्ष टोप पल्लीले आफ्नो कार्यकाल सफल पार्न योगदान गर्ने सबैलाई धन्यवाद दिंदै नवनियुक्त अध्यक्ष एवम् कार्यसमितिलाई सफल बनाउन आफ्नो पूर्ण सहयोग रहने उनले बताए।

यसअघि संस्थाका निवर्तमान अध्यक्ष टोप पल्लीको अध्यक्षतामा सम्पन्न अधिवेशनको पहिलो सत्रमा संस्थाका वार्षिक तथा आर्थिक प्रतिवेदनहरु छलफल गरी पारित गरिएको थियो। त्यसअवसरमा निवर्तमान कार्यसमितिका तर्फबाट महासचिव बीर बलालले वार्षिक प्रगति तथा सहकोषा ध्यक्ष तारा भट्टराईले आर्थिक प्रतिवेदन पेश गरेका थिए।

त्यस्तै, विधान समितिका संयोजक केशव भण्डारीले प्रस्तुत गरेको विधान संशोधनको प्रस्ताव छलफलपछि पारित गरिएको छ। संशोधनसंगै अधिवेशनले आगामी तीन महिनाभित्र ९ सादस्यीय ट्रस्टी बोर्ड गठन गर्ने म्यान्डेट कार्यसमितिलाई दिएको छ।

सोही सत्रमा उपाध्यक्ष तारानाथ भण्डारीले स्वागत तथा अर्का उपाध्यक्ष मति पुनले शुभकामना मन्तव्य राखेका थिए।