चन्द्रकोट गाउपालिका वार्ड नम्बर ७ का वडा अध्यक्ष उम्मेद्वार श्री अनन्तराम भण्डारी को चर्चा जिल्ला भरीनै !!!

गुल्मी । अन्तराम भण्डारी, बहु प्रतिभाशाली देख्दा सामान्य सादा जीवन उच्च बिचार भएका समाजसेवी हुन। जस्को चर्चा परिचर्चा चन्द्रकोट गाउँ पालिका मा मात्र नभएर गुल्मी जिल्ला भरी नै फैलिएको छ।।

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा चन्द्रकोट गाउपालिका वार्ड नम्बर ७ को वडा अध्यक्ष पदको लागि नेकपा एमाले को तर्फबाट सर्वसम्मत उमेद्धवार हुन।।

युबा अबस्था देखी नै गाउॅं र गाउॅंको सम्मृढ्धी लागी केही गर्नु पर्छ भन्ने लक्ष बोकेका भण्डारी शुरुवाती अनुभव भारत बाट शुरु गरेका थिए।।
श्रम गर्ने क्रममा बटुलेका अनुभव लाई आफ्नै देश र गाउँ मै प्रतित्पादन गर्नुपर्छ भन्ने दृढ सन्कल्प का साथ भारत को नोकरी छोडेर गाउॅं कै एक्लेपिपल भन्ने ठाउँ मा आफ्नै ब्यवसाय शुरु गरे।।

समाज को रुपान्तरण र समग्र तत्कालिन रुपाकोट गाउ विकाश समिती को समग्र विकास को लागि र्तत्कालिन नेपाल कम्युनिस्ट पार्टी मा ले पार्टी भित्र आबद्ध रही गरीव,दलित,जनजाती तथा श्रमजीवी जनता जनार्दन को पक्ष मा बोल्ने विकाश का परियोजना मा भएका अनियमितता ,भ्रस्टाचार र कुरिती हरु को बिरुद्ध आवाज उठाउने प्रमुख ब्यक्तित्व हुन उनी।।

जस्को कारण द्वन्दकाल को चपेटा मा परी आफ्नो जिउ धन को सुरक्षा को लागि फेरि बाध्यतापुर्ण परिस्थिती मा जापान पलायन हुन पुगे।।

जापान गएर दसकौ जापान को विकाश प्रगती को आयाम देखेर भोगेर आएका भण्डारी फेरि आफ्नै माटोमा रम्नुपर्छ ,आफ्नै माटो लाई सिन्चनु पर्छ अनि रुपाकोट को माटो,हावा,पानी र त्यहा बस्ने समस्त गाउवाशी हरु ले आफुलाइ सारो गाह्रो पर्दा दिएको आश्रय को गुण यहि रुपाकोट मै बसेर चुक्ता गर्नुपर्छ भनी विदेश को सुख सयल र आम्दानी छोडेर रुपाकोट कै माटोमा रम्न र रुपाकोट कै विकाश गर्न अहिले चन्द्रकोट गाउँ पालिका वार्ड नम्बर ७ रुपाकोट मा सुर्यध्वजा बाहक चिन्ह र आफ्ना गाउँ पालिका अध्यक्ष,उपाध्यक्ष र वार्ड सदस्य हरु को प्यानल सहित नेकपा एमाले को वार्ड अध्यक्ष को उम्मेद्वार मा सर्वसम्मत चयन भइ उम्मेदवारी दिएका छन ।।

तिनै शालिन ,सभ्य र भद्र ब्यक्तित्व का साथ स्कट नेपाल न्युज यु के का पत्रकार ले लिएको अन्तर्वार्ता का केही अन्श ।।

१. विदेश को राम्रो आम्दानी छोडेर किन गाउँ को समाजसेवा मा लाग्नुभयो ??
मेरो बाल्यकाल देखि को सपना रुपाकोट र रुपाकोट्वाशी हरु को प्रगती र विकाश हो त्यसैले २०४६ शाल देखि अहिले सम्म रुपाकोट ले विकाश मा फड्को मार्न सकेन त्यसैले मेरो लक्ष र रुपाकोट वाशी सम्पुर्ण जनता जनार्दन को सम्बृद्धी को लागि जापान बाट फर्केर केही गर्ने उद्देश्य ले म जापान नजाने निर्णय लिएर समाजसेवा मा लाग्ने निधो गरेको हो जस्को लागि चन्द्रकोट गाउपालिका रुपाकोट नेकपा एमाले गाउँ कमीटी,जिल्ला कमीटी र रुपाकोट का समाजसेवी र सामस्जिक अभियन्ता हरु को सहयोग ले पुर्णता मिल्यो।।

२. हजुर ले विकाश गर्छु भन्ने आधार के छन??
सर्वप्रथम त रुपाकोट मा बन जङल,बाटो,खानेपानी,मठ मन्दिर,विद्यालय आदि स्थान मा चरम भ्रस्टाचार र अनियमितता भएको सर्वसाधारण जनता जनार्दन बाट सुन्न मा आएको छ,म पनि यसै गाउँ को स्थायी बासिन्दा भएकोले यहाँ का पुर्वाधार, समस्या र समाधान राम्रो सङ बुझ्नु को साथै निकाश दिन के कस्ता गतिविधी गर्नुपर्छ योजनाबद्ध रुपमा अघि सार्ने लक्ष मा छु।।
मैले कानुन बमोजिम अनियमितता र भ्रस्टाचार लाई रोक्न पहल गर्ने छु।।
लेक देखि बेशी सम्म स्वदेश देखि विदेश सम्म बस्ने रुपाकोट का जनता जनार्दन हरु,ब्यवसायी,बैदेशिक रोजगारी मा रहेका दक्ष ब्यक्तित्व हरु,पत्रकार,बुद्धिजिवी सर्कल र गाउँ मै बसी सेवा प्रदान गर्नुहुने कर्मचारी बर्ग हरु सङ पारिवारिक सम्बन्ध कायम गर्दै वहाँ हरु को बुद्धि ,विवेक,विदेश मा र स्वदेश मा आर्जेको धन र सीप लाई रुपाकोट मै लगाउने गरि कानुन र सरकारी निकाय बाट दिनुपर्ने सहयोग को नियम्बन र परिचालन गर्ने छु।।

केन्द्र सरकार,प्रदेश सरकार,स्थानिय सरकार बाट मिल्ने विकाश का बजेट हरु लाई पारदर्शी बनाइ समय मै काम कार्य फर्छ्यौट हुने गरि परिचालित गर्ने छु।

म एक मध्यम परिवार मा जन्मेर भोगेका गाउँ का अनुभव हरु, विदेश बाट सिकेका सीप हरु लाई गाउँ मै उपलब्ध कच्चा पदार्थ जस्तै ( गिटि बालुवा,बन जङल,खेत वारि हरु,नदी नाला हरु ,ढुङा माटो तथा जडिबुटी हरु ) बाट उत्पादन बढाइ गाउँ मै रोजगारी को शृजना र बजार ब्यवस्थापन मा जोड दिने छु।।

यहाँ भएका मठ,मन्दिर,स्कुल हरु को जगेर्ना गर्दै सस्कृती,सभ्यता,धर्म र चाहाड पर्व हरु को सम्बर्धन गर्न पहलकद्मी लिने छु।।
गाउँ पालिका,जिल्ला,प्रदेश र केन्द्र सरकार सङ समन्वयकारी भुमिका खेल्दै योजनाबद्ध रुपमा विकाश का गतिविधी बढाउन प्रमुख भुमिका निभाउने छु।।

३.
गाउँ को समग्र विकाश गर्न किन पार्टी को सहारा लिनुभयो स्वतन्त्र भएपनी धेरै सहयोग हुने थियो होला नी??
एक्लै हिडेर गन्तव्य मा पुग्न सकिँदैन समाज रुपान्तरण को लागि सबैलाइ लिएर हिड्न सक्नुपर्छ म आफ्नो पार्टी भित्र मात्र नभएर अन्य पार्टी सङ पनि समन्वयकारी भुमिका खेल्न सक्ने सामर्थ्य राख्छुअनी मैले मेरो जिन्दगी को अमुल्य समय यसै पार्टा मा खर्चेको छु सम्बृद्ध नेपाल सुखी नेपाली को सपना साकार गर्ने लक्ष यश पार्टी ले अनुशरण गरेको छ त्यसैले मैले यश पार्टी लाई मैले बोकेको लक्ष पूरा गर्ने कडी को रुपमा लिएको छु।।

४. अन्तमा आफ्ना भोटर र शुभचिन्तक लाई के भन्न चाहनुहुन्छ??
सर्वप्रथम त मलाइ सहयोग गर्नुहुने,मार्गदर्शन गर्नुहुने,सुचना सम्प्रेशण गरिदिनुहुने,समस्या को बारेमा बताउनुहुने अनि मलाइ अघि बढाउन सहयोग गर्नुहुने सबैमा हार्दिक अभिवादन सहित नमन गर्न चाहन्छु।।
मैले मरो आफ्नो लागि र मेरो परिवार को जिन्दगी को लागि गर्नुपर्ने कर्तब्य सबै पूरा गरेको छु अब को मेरो जीवन समाज सेवा र रुपाकोट को समग्र विकाश को लागि हुने छ।।मैले भ्रस्टाचार गर्ने छैन र हुन दिने पनि छैन।।
गाउँ का बुवाआमा,युवा भाइ बहिनी हरु , बुद्धिजिवी पत्रकार र समग्र रुपाकोट गाउ वाशी हरु ले म र मेरो टिम लाई जिताउनु भएमा हजुर हरु ले प्रत्यक्ष महशुश गर्ने गरि विकाश का योजना सहित जनजिविका र जनता को जीवन स्तर उकास्न रात दिन मेहनत गरि हाम्रै पालामा विकाश सम्भव छ भनी पुष्टि गर्ने र रुपस्कोट लाई नमुना वार्ड बनाउने प्रतिबद्धता ब्यक्त गर्दछु।।

धन्यवाद स्कट नेपाल लाई मेरो २/४ शब्द राख्ने मौका दिनुभएको मा।।