सुपरपावरबाट आकाशबाणी पाएका फिर्केको घरमा छोरा दुने फर्केर त आए तर खालीहात (भिडियो सहित)

सुपरपावरबाट आकाशबाणी पाएका फिर्केको घरमा छोरा दुने फर्केर त आए तर खालीहात, खुट्टा खोचाउदै आएका दुनेलाइ फिर्केले मात्र होइन मदन र अम्बिकाले समेत चिनेनन् ।

गाउमा नै केही गर्न नलगाएर शहरतिर छोरा पैसा कमाउन पठाउदाको दुर्दसा दुनेको जिवनबाट सजिलै थाहापाउन सकिन्छ । घरको दुख बिर्से , बोलीमा फरकपन ल्याए , नाम परिबर्तन गरे र गाउमा उखरमौलो आधुनिकताको बिउ रोप्न खोजेको त्यसोत आमा पोइला गएपछी पैसा कमाउन शहर पसेका दुनेले घरको दुख बिर्से ।

कहिले भोकै बसेर ,कहिले मेलापात गएर ,कहिले बॉच्नकैलागी चोरेर आगाडी बढेको फिर्केको जीबनमा अम्बिकाले दुनेले आफुलाइ जिस्काएको कुरा घरमै आएर फिर्केलाइ बताउदा समेत बालमत्लब हुदैन ! उता मिलीसकेको भगेरीको घरमा अम्बिकाले रबिनालाइ कुरा लगाए पछीको बिकराल अबस्था बुझ्न फिर्के भाग २२ हेर्नै पर्छ ।

फिर्के समसामयीक सामाजिक बिषयबस्तु समेटेर बनाइएको सिरियल हो । गरिबीको सिमा नाघेपछी मानिस बॉच्नकोलागी अर्को ऑटिलो र रवाफिलो बाटो लिन्छ भन्ने सत्यतामा फिर्के सिरियल अढेकोले सबै आमा बुवा दाजुभाइ , दिदीबहीनीलाइ फिर्के हेरेर भरपुर आनन्द लिन निर्देशक देबकोटा अनूरोध गर्दछन् । दर्शकहरुको सुझाव सल्लाह र भाबनालाइ उच्च पर्थामिकता दिएकोले नै फिर्केले सोचेभन्दा बढी दर्शकको माया पाइरहेको छ । यो सिरीयललाइ अझबढी ससक्त बनाउदै लैजाने दृढता फिर्के टिमले ब्यक्त गरेको छ ।

भिडियो हेर्नुहोस् :