थानेश्वर गौतमको स्वर तथा संगीतमा रहेको ‘बेचेर सपना’ गजल युट्युबमा भाईरल (भिडियो सहित)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा कवि तथा गजलकार श्रीभक्त पौडेल आफन्तले रचना गरेका गजल गीत ‘बेचेर सपना’ रिलिज भएको छोटो समयमै संगीततर्फ नेपालको तेस्रो टेन्डिङमा पर्न सफल भएको छ । गायक तथा संगीतकार थानेश्वर गौतमको स्वर तथा संगीतमा रहेको ‘बेचेर सपना’ गत शुक्रबारमा रिलिज भएको हो। जननी नेपाल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको गजल पहिलो दिनमै टेन्डिङमा आउन सफल भएको छ ।

बेचेर सपना गजल गीतमा नायक तथा मोडल पुष्प खड्का र मोडल स्मारिका ढकाल, कृष्णप्रसाद रेग्मी र सुशीला थापाको मुख्य अभिनय रहेको छ ।
चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १६ घर भइ हाल स्पेनमा रहँदै आएका गजल गीतका रचनाकार श्रीभक्त पौडेलले वास्तविक जीवन कहानीलाई शब्दमा उतारेको बताए ।

उनले भने, ‘गजलभित्र एउटा वास्तविक कथा छ, जहाँ परदेशमा भोगिएका कठिनाइ भाव व्यक्त गरिएको छ ।’ पौडेलको शब्दलाई गायक गौतम आफैले संगीत भरेका हुन् भने संगीत संयोजन विनोद बाजुरालीले गरेका छन् । रामजी लामिछानेले निर्देशन गरेका गजल गीतको सम्पादन बान्डे प्रसाद र गीतको उत्पादकमा विष्णुप्रसाद कँडेल रहेका छन् ।

शनिबार दिउँसोसम्म ४ लाख ७२ हजार बढी दर्शकले गीतको भिडियो हेरेका छन् भने करिब १ हजार ९ सय जनाले गीतको बारेमा प्रतिक्रिया दिएका छन् । गीतमा शब्द, संगीत र गायकी उत्कृष्ट भन्दै दर्शकले अत्याधिक मन पराएका हुन् ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक  भिडियो :

यो पनी :