दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–६ को वडा अध्यक्षमा बिनोद बहादुर बोहोराको स्वतन्त्र उम्मेदवारी दर्ता

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–६ को वडा अध्यक्षको लागि बिनोद बहादुर बोहोराले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । लामो समय देखि व्यवसाय संग संगै राजनीतिमा सक्रिय बोहोराले वडाको विकास निर्माणका लागि स्वतन्त्र रुपमा चुनावी मैदानमा उत्रिएको बताएका छन् ।

नेेकपा एमालेमा आवद्ध बोहोराले एमाले भित्र टिकट वितरणमा जनइच्छा विपरित व्यक्तिगत स्वार्थ, पार्टीको सिद्धान्तलाई किचेर अघि बढ्न खोजेको विरोध गर्दै उम्मेदवारी दिएको बताए ।

वडा भित्र सडक निर्माण, बस्ती व्यवस्थापन, विद्युत, शिक्षा, स्वास्थ्यको पहुँच बिस्तारका लागि ठोष मुद्दा सहित चुनावमा होमिएको उनले बताएका छन् ।