बाबुरामकाे साख र इज्जत जाेगाउन कांग्रेसले पालुङटारमा गठबन्धन गर्दैन

गोरखा- पालुङटार नगरपालिका मेयर पदका उम्मेदवार दिपक बाबु कंडेलले कसैको साख जोगाउन र इज्जत राख्नको लागि  गठबन्धन नगर्ने बताएका छन् ।

नेपाली कांग्रेस पालुङटारले आयोजना गरेको कोण सभालाई सम्बोधन गर्दै बजारमा धेरै किसिमका गठबन्धनका हल्ला चलेकाले त्यस्तो हल्लामा कुनै पनि सत्यता नभएको बताएका हुन्। आसन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसका मतदाताले सातै छाप रुखमा हाल्न समेत उनकाे अनुराेध थियाे ।

हल्लाको पछि नलाग्न अपिल गर्दै उनले आफ्ना नेता कार्यकर्तालाई निर्वाचनमा केन्द्रित हुन अपिल गरे । पार्टी सभापति शेरबहादुर देउवाले कंडेलकाे उम्मेदवारी फिर्ता भएकाे पत्र इमेल मार्फत पठाएपछि कांग्रेस पालुङटारमा खैलाबैला मच्चिएकाे थियाे । तर उनकाे उम्मेदवारी कायम नै छ ।

अझ कांग्रेस पालुङटार जनता समाजवादी पार्टीका संघिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईकाे ट्विटपछि झस्किएकाे छ । भट्टराईले शुक्रबार साँझ ट्विट गर्दै भनेका थिए- ५ दलीय गठबन्धनभित्र तालमेल गर्ने क्रममा गोरखाको पालुंगटार र गोरखा नपा मा जसपा र नेकाबीच तालमेल भएकोमा प्राविधिक त्रुटीवश नेकाका पानपा मेयर उमेदवारको नाउॅ सूचीबाट नहटे पनि त्यसलाई छिटै मिलाइने प्रतिबद्धता प्रम तथा नेका सभापतिले व्यक्त गर्नुभएको छ ! शुभकामना साझा उमेदवार प्रेम गुरूंग !

उपमेयरको उम्मेद्वार चेतकुमारी श्रेष्ठले कांग्रेसले यथास्थितीबादीहरुसंग कांग्रेसले कुनै पनि हालमा तालमेल नगर्ने बताईन् । कांग्रेस पालुङटारले स्थानीय तहको निर्वाचनमा कुनै पनि पार्टीसंग तालमेल नगर्ने निर्णय गरेको भन्दै कोण सभा गरेकाे थियाे ।

काेणसभामा बाेल्ने अधिकांश वत्ताले भट्टराईलाई लक्षित गर्दै उनकाे साथ जोगाउन र इत्जत राख्नको लागि कांग्रेस पालुङटारले गठबन्धन नगर्ने बताएका छन्।