को हुन् ति युवती, जसले स्थापितमाथि राखिन् यस्तो प्रश्न : तपाईको कार्यालयमा आफ्नै कर्मचारी त सुरक्षित छैनन्, जनताले तपाईलाई किन भोट हाल्ने ?

काठमाडौ १५ वैशाख । नेकपा एमालेबाट काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिएका केशव स्थापित फेरि विवादमा तानिएका छन् ।

बिहिबार नेसनल कलेजमा आयोजित एक कार्यक्रममा सहभागी भएका स्थापित लाई एक युवतीले यौन दुव्र्यहारको विषयमा प्रश्न गर्दा स्थापातिले ति युवतीलाई ‘तपाईको फेस नाइस छ, थुतुनो ठिक रहेनछ भनेका थिए ।

‘तपाईको कार्यालयमा आफ्नै कर्मचारी त सुरक्षित छैनन्, जनताले तपाईलाई किन भोट हाल्ने भन्दै ति युवतीले प्रश्न गरेकी थिइन् । प्रश्न पछि आक्रोशित बनेका स्थापितले ति युवतीलाई भने, ‘तपाईको फेस नाइस छ, थुतुनो भएन,’ ।

प्रश्न सोध्ने ति युवती भावना राउत लामो समयदेखि महिला हक अधिकारका विषयमा बोल्दै आएकी छन् ।

विवेकशील साझा पार्टी उनी पछिल्लो समय स्वतन्त्र उम्मेदवार बालेन शाहलाई जिताउने अभियानमा सक्रिय रुपमा लागेकी छन् ।