चर्चित गायक नरेश खातीले आमाको मुख हेर्ने दिनको लागि रुवाउने गीत ‘ए मेरी आमा’

काठमाडौँ,पछिल्लो समय नेपाली साङ्गितिक बजारमा एकपछी अर्को गरि लगातार गीतहरु आइरहेका छन । यसैक्रममा लोकप्रिय गायक एबम गीतकार नरेश खातीको ( ए मेरी आमा ) बोलको गीत सार्वजनिक भएको छ । केहि दिन अघि मात्र बजारमा आएको हो । यतिबेला नरेश खातीको गीतले चर्चा बटुल्ने क्रममा रहेको छ ।

गीतमा आमा प्रतिको सम्मान र मायाका कुराहरुलाई पर्दा मार्फत गीतको भाब ब्यक्त गरेका छन । केही समय यतालाई हेर्ने हो भने माया प्रेमका गीत सर्बाधिक चर्चामा रहन सफल भए पनि यस गीतमा भने आमा प्रतिको मायालाई हाम्ले देख्न सक्छौ।

गीतमा बहुचर्चित लोकप्रिय गायक नरेश खातीको एकल सुमधुर आवाज रहेको छ। भिडियोमा सिनेमा क्षेत्रकि रानी गौरी मल्ल, नरेश खाती र इशानी रोकाको दमदार अभिनय रहेको छ। भिडियाेमा क्रान्ति केसीको निर्देशन,छायांकन उत्सब दाहालको रहेको छ। गोरकक्ष्या म्युजिक निर्माण गरेको भिडियाे मेक्सम नरेशको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।