ओरालोमा तीव्र गतिमा आएको बससँग कार ठोक्किँदा ५ जनाको गयो ज्यान

काठमाडौंबाट धादिङतर्फ आउँदै गरेको बा ५ ख ८४४३ नम्बरको बसले काठमाडौंतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०१–०२६–च २९६८ नम्बरको कारलाई ठक्क र दिँदा कारमा सवार पाँचै जनाका ज्यान गएको हो ।

ज्यान गुमाउनेमा भारतको उत्तरप्रदेशका ४० वर्षीय बिमलचन्द्र अग्रवाल, ३५ वर्षीय साधना अग्रवाल, ४० वर्षीया सन्ध्या अग्रवाल, ५५ वर्षीय राकेश अग्रवाल र कार चालक तनहुँको खैरेनीका दिलबहादुर बस्नेत रहेका छन् ।

गत वैशाख ७ गते नेपाल घुम्न आएका उनीहरु पोखराबाट काठमाडौं फर्किँदै थिए । उनीहरुको साथबाट प्रहरीले सोमबार दिल्ली फर्कने टिकटसमेत फेला बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङले दिएको जानकारी अनुसार बसमा सवार धादिङ नीलकण्ठ नगरपालिका ११ का २४ वर्षीय राम परियारको भने ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ ।

ओरालोमा तीव्र गतिमा आएको बससँग कार ठोक्किएको हो ।