पुम्दीकोटमा जारी महायज्ञमा छैटौ दिनसम्म १ करोड २१ लाख संकलन-भिडियो सहित

पोखरा २२ (पुम्दी–भुम्दी) को पुुम्दीकोटमा जारी महायज्ञमा १ करोड २१ लाख ५६ हजार रुपैया संकलन भएको छ । पुम्दीकोट कोट विकास समितिको आयोजनामा शिव महापुराण एवं धार्मिक पर्यटन महोत्सव अन्र्तगत शुक्रबारसम्म उक्त रकम संकलन भएको महायज्ञका आर्थिक उपसमितिका सह–संयोजक निर्मल बरालले बताए ।

महायज्ञको छैटौं दिन करिब २१ लाख ५६ हजार रुपैया संकलन भएको समितिले जनाएको छ । शुक्रबार महायज्ञमा एक रोपनी १० आना २ पैसा ३ दाम को जग्गा दान भएको छ । उक्त जग्गा दान गर्ने पोखरा २२ ठुलास्वाँरा निवासी मेगनाथ बराल रहेका छन्।

त्यसै गरी महायज्ञमा पुम्दीकोटको होटल डम्बर प्रा.लि.बाट २ लाख ६१ हजार १ सय ११, पुम्दीकोटकै देउराली ग्रुपबाट २ लाख २७ हजार ७ सय ७७, पोखरा ६ बैदाम निवासी जमुना पहारीबाट २ लाख २५ हजार, स्याङजाको आधिखोला ३ स्थित ब्रतराज हरिकला प्रतिष्ठानबाट २ लाख २५ हजार रुपैया प्राप्त भएको समितिले जनाएको छ । त्यस्तै महायज्ञमा पोखरा २२ तल्लागाँउका दील बहादुर भुजेलबाट १ लाख २५ हजार, पोखरा ६ बैदाम निवासी ज्ञानेन्द्र पहारी र इन्दीरा पहारीबाट १ लाख १ हजार १ सय ७ रुपैया प्राप्त भएको भएको सहसंयोजक बरालले बताए । त्यस्तै पोखरा विरौटाको संकल्प आमा समुहबाट ४० हजार ८ सय ५, पोखरा १७ को नारायण फर्निचर उद्योगबाट ४० हजार, पोखरा १७ विरौटाको जाग्रिती टोल सुधार समितिबाट ३३ हजार ३ सय ३३, पोखरा १७ को घारीकुलो आमा समुहबाट ३० हजार ५० रुपैयो महायज्ञमा सहयोग प्राप्त भएको समितिले जनाएको छ ।

महायज्ञको छैटौं दिन दिउसो २ः०० बजे नै हावाहुरी सहित परेको पानीले गर्दा महायज्ञ प्रभावित भएको थियो । शनिबार भने सार्वजनिक बिदाको दिन भएकोले महायज्ञमा भक्तजनहरु पोखरा र पोखरा आसपासबाट ठुलो सङख्यामा उपस्थित हुने भएको समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए ।

महायज्ञमा निकै कर्ण प्रिय ढंगबाट भागवत भाष्कर युवा पण्डित कमलनयन गौतमले कथा वाचन रहेका छन्। पोखराको पार्दी विरौटा(बराल फिड) देखि पुम्दीकोटसम्म जाने बसको व्यबस्था गरिएको समितिका उपाध्यक्ष हिमलाल बरालले बताए । महायज्ञमा बिहान १०ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म कथा प्रबर्चन, झाँकी प्रर्दशन हुने गरेकोे उनले जनाए ।