पललाई अदालतमा देखेपछि भक्कानिएर रोए दुर्गेश थापा

काठमाडौँ । विवादित गायक दुर्गेश थापाले आफ्ना कुनै समयका मिल्ने साथी पल शाहलाई यसबिचमा भेट्न के गरेका होलान् ? दुर्गेशले बाहिर पललाई भेटेको बयान दिँदै हिँडेता पनि सुरुमा नाबालिकालाई न्याय दिन भन्दै पलको विरुद्धमा देखिएका दुर्गेशले तनहुँ अदालतमा बकपत्र दिँदै यस घटनाबारे अहिले आएर आँफुलाई कुनै जानकारी नै नभएको बताएका छन्।

यसअघि नाबालिग गायिकालाई न्याय दिलाउन आफूले भूमिका खेलेको बताउँदै आएका उनै दुर्गेशले तनहुँ अदालत बकपत्र दिँदै यस घटनाबारे कुनै जानकारी नै नभएको भन्दै किन बयान फेरे त दुर्गेशले ?

यसप्रकरणमा नाबालिग गायिका, उनका जाहेरवाला बाबुले पनि बयान फेरेर घटना नै नभएको बताइसकेका बेला दुर्गेशले पनि उनीहरुलाई नै पछ्याउँदै बयान फेरेर होस्टाइल भएका हुन्।

आफ्नो काम धन्दा चौपट भएपछि अदालतमा नै भ क्कानिएर रोए दुर्गेश

अदालतमा बयान दिने क्रममा दुर्गेश मंगलबार भक्कानिएर रोए । अदालत परिसरमा पल शाहलाई भेटेपछि रातोपिरो भएका दुर्गेश एक्कासी रुन पुगे ।

पललाई देख्दासाथ रोएका दुर्गेशले आफ्नो सबै व्यापार चौपट भएको गुनासो पललाई सुनाएका थिए। तनहुँ अदालतमा पलसँग भेट भएपछि दुर्गेशले जीवनमा कहिल्यै भोग्नु नपरेको तनाव आइलागेको बताउँदै सबैथोक बिग्रेको भनिरहँदा पलले भने एकोहोरो सुनिरहेका थिए ।

यो प्रकरणपछि स्टेज कार्यक्रम नै पाउन छाडेका दुर्गेशले आफूले चाहेर यस्तो नगरेको बताउँदै रोएको अदालतमा उपस्थित प्रत्यक्षदर्शीले बताए । पलको आडामा परेसँगै भक्कानिएका दुर्गेशले मेरो सबै चौपट भयो। व्यापार पनि बिग्रियो । उनले रुँदै भने सोच्दै नसोचेको तनाव हामीलाई आइलाग्यो, मैले चाहेर यस्तो गरेको थिएन।