अर्थमन्त्रीको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु

पोखरा : गण्डकीका अर्थमन्त्री रामजी बरालको गाडीले ठ’क्कर दिँदा पोखरामा एक जनाको मृत्यु भएको छ ।

अर्थमन्त्री बराल चढ्ने ग १ झ ४४५ नम्बरको गाडीले नयाँ वर्षको दिन ठ’क्कर दिँदा घाइते भएका तनहुँ एक्लेखेतका मीनबहादुर पाइजाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते मिनबहादुरको उपचारकै क्रममा पाँचौ दिनमा ज्यान गएको छ । ३५ वर्षीय उनको मनिपाल अस्पतालमा उपचारकै क्रममा सोमबार साँझ मृत्यु भएको हो ।

ग १६ प ५१८१ नम्बरको मोटरसाइकलमा पाइजा दम्पती सवार थिए । गाडीको ठक्करबाट घाइते पाइजा दम्पतीलाई पोखराको मनिपाल अस्पताल लगिएको थियो । दुर्घटनापछि ५ दिनसम्म होस नआएका मिनबहादुरको सोमबार मृत्यु भएको हो ।

प्रत्यक्षदर्शीले गाडी तीव्र गतिमा हुईंकिएको जनाएका छन् । एक प्रत्यक्षदर्शीले भने – गाडी निकै स्पीड थियो । यो गाडीले कति बेला कुन चाहिँलाई हा न्ने हो भन्ने लागिरहेको थियो हामीलाई ।

प्रवक्ता तिवारीले गाडीमा मन्त्री भए नभएकोबारे स्पष्ट थाहा नभएको बताए । घटनास्थलमा खटिएका प्रहरीबाट प्राप्त जानकारी अनुसार झण्डा छोपिएको अवस्थामा रहेको थियो । अर्थमन्त्रीका प्रेस संयोजक दिननाथ बरालले मन्त्री त्यतिबेला गाडीमा नभएको बताए ।