चुनाबी गीत “अब भोट कांग्रेस नेतालाई” सार्वजनिक (भिडियो सहित)

पछिल्लो समय स्थानिय चुनाबको बारेमा चर्चा परिचर्चा रहेको छ । नेपाल सरकारले तोके अनुसार यहि बैशाख ३० गते स्थानिय चुनाब हुने अनुमान छ । सोही क्रममा हरेक कलाकारहरुले हरेक पार्टीलाई समर्थन गर्दै गीत निकाल्ने क्रमको ओईरो लागेको छ ।

त्यसैलाई मध्य नजर गर्दै “अब भोट कांग्रेस नेतालाई” नामक गीत सार्वजनिक भएको छ । यस गीतमा राधिका हमाल र सुजन बराईलीको स्वर रहेको छ भने सुजन बराईली कै शब्द, संगीत रहेको छ ।

उक्त गीतको भिडियोमा पत्रकार एबम निर्देशक प्रकाश बराईली “अभिव्यक्ति” को निर्देशन रहेको छ भने दिपेन्द्र प्रकाश केसिको छायांकन, लोकेश भाटको सम्पादन रहेको छ ।

यस गीतलाई mallaji music को युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । सोही गीतको भिडियो हेर्नका लागि तलको लिन्क क्लिक गर्नुहोला ।