माधवलाई ओलीको कटाक्ष : कांग्रेसले छि-छि र दूर-दूर गर्दा नि अपमान भएन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमा रहँदा अपमान भएको महसुस गर्ने नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल अहिले चरम अपमान भोगिरहेको दाबी गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

‘एमालेमा बस्दा १५/१६ वर्ष पार्टी अध्यक्ष बनाउँदा, २१ महिना प्रधानमन्त्री बनाउँदा, सधैँ सम्मानजनक रूपमा वरिष्ठ नेता‘कि वरिष्ठ नेता भन्दा माधव नेपाललाई अपमान भो,’ उनले भने,‘अहिले कांग्रेसमा छि–छि दूर–दूर ग¥या छन् । हाम्रा काना बस्या चमेरो ! छ्या भन्छन् ।’

यति हुँदा पनि चुप लागेर बसिरहेको अध्यक्ष ओलीले बताए ।

‘अपमान भएको छैन । किनकि तिनीहरू त्यहीँ लायक छन् त अनि के अपमान ?’ उनले भने ।

उनले कांग्रेस कार्यकर्तालाई अपमान जारी राख्ने आग्रह गरे ।

उनले भने, ‘भन कांग्रेस हो भन मजाले भन तिनीहरू त्यहीँ लायक छन् । पुच्छर समातेर आएको भन कानमा बसेको छेपारो भन फोहोरी छेपारो भन् ।’