जेलभित्रै बसेर पल शाहले पाए सर्वोत्कृष्ट नायकको अवार्ड तर खुसी साट्ने साथमा कोही भएनन्

काठमाडौं ।

पल शाह वा वास्तविक नाम पूर्णविक्रम शाह एक नेपाली व्यावसायिक चर्चित अभिनेता र मोडल हुन्। तर अहिले उनि ज’बर’ज’स्ती कर’णीको आरोपमा जेल जीवन बिताइरहेका छन। पल शाहले सर्वोत्कृष्ट नायकको अवार्ड पाएका छन् ।

चलचित्र विकास बोर्डमा आज बाँडिएको बक्स अफिस फिल्म अवार्डमा पल सर्वोत्कृष्ट नायक ठहरिएका हुन् ।

‘म यस्तो गीत गाउँछु २’ बाट पलले सर्वोत्कृष्ट नायकको अवार्ड पाउँदा सोही चलचित्रबाट पूजा शर्मा पनि सर्वोत्कृष्ट नायिका बन्न सफल भइन् । यस्तै, सोही चलचित्रबाट सुदर्शन थापाले सर्वोत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् ।

चलचित्रले वर्षकै सफल चलचित्रको अवार्डसमेत जितेको छ । अवार्ड समारोहमा निर्देशक थापा र नायिका पूजा उपस्थित थिए । उनीहरूले पललाई मिस गरेको बताए । जेलमा रहेका पल शाह उपस्थित नरहेकाले उनकाे अवार्ड पनि पुजाले थापेकी थिइन् ।