भोलि आइतबार देशभर सार्वजनिक बिदा (बिज्ञप्ति सहित)

काठमाडौं :

रामनवमीका अवसमा सरकारले भोलि आइतबार सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयद्वारा सनिवार जारी विज्ञप्तिअनुसार २७ चैत रामनवमीका अवसरमा आइतबार नेपाल अधिराज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा हुनेछ ।

रामनवमीका अवसरमा विदा दिने निर्णय २४ चैतमा बसेको मन्त्रीपरिषद्को बैठकले गरेको जरी विज्ञप्तिमा उल्लेख छ । यसअघि राम नवमीको अवसरमा मधेश प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको थियो।