सत्तागठबन्धन फुट्ने संकेत, बाबुरामले किन गरे यस्तो ट्वीट ? (हेर्नुस् ट्वीटसहित)

जनता समाजवादी पार्टी (जसपा नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टीलाई कुनै पनि तहमा गरिने उपेक्षा स्वीकार्य नहुने बताएका छन् ।

स्थानीय निर्वाचनमा चुनावी तालमेलका लागि विभिन्न जिल्लामा बनेका संयन्त्रमा जसपालाई उपेक्षा,अपमान र निषेध गर्ने हर्कत स्वीकार्य नहुने उनले चेतावनी दिएका हुन् ।

आइतबार नुवाकोटमा बसेको सत्ता गठबन्धनको बैठकमा काँग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीको मात्र सहभागितामाथि भट्टराईले सोमबार ट्वीटमार्फत असन्तुष्टि जनाएका हुन् । उनले लेखेका छन्,ु जुनसुकै स्थान र तहमा गठबन्धनको जिम्मेवार घटक जसपालाई उपेक्षा,अपमान र निषेध गर्ने हर्कत जोकसैले गरेपनि त्यो स्वीकार्य हुन्न।

गठबन्धनको धर्म र मर्यादा सबैले इमान्दारितापूर्वक पालना गर्न उनको आग्रह छ । कुनै छलछाम नगरौं। राजनीतिमा सबै कुरा करबलले हैन स्वेच्छाले हुन्छ भन्ने नभुलौं उनले लेखेका छन् ।