संघिय सांसद राजेन्द्र राईले उद्घाटन गरेको भवनको पुनः उद्घाटन गरिने : मन्त्री झांक्री

नारायण कुमार राई,धनकुटा । अघिल्लो केपी ओली सरकारले शुरु गरेको फुस्को छानो हटाएर टिनको छानो लगाउने जनता आवास कार्यक्रम हटाउने तयारी भईरहेको शहरी बिकास मन्त्री रामकुमारी झाँक्रीले बताउनु भएको छ ।

नेकपा समाजवादी धनकुटा नगर कमिटी प्रशिक्षणका लागि आउनु भएकी झाँक्रीले शनिबार धनकुटामा आयोजित पत्रकार सम्मेलनमा उक्त कार्यक्रमको नेकपा एमालेले चरम दुरुपयोग भएको भन्दै हटाउन लागिएको जानकारी दिनुभयो ।