गैर आवासीय नेपाली संघ स्कटलैण्ड (NRNA Scotland) को बैठक सम्पन्न

गैर आवाशीय नेपाली संघ (NRNA) स्कटल्यान्ड राज्य समन्वय परिषदको बैठक NRNA-ICC को हालको गतिविधि र स्वायत्त स्कटल्यांड NRNA पहलको बिषयमा छलफल गरी सम्पन्न भएको छ।  बैठकमा राज्य समन्वय परिषद स्कटल्यान्डको अध्यक्ष काशीराम भण्डारीको अध्यक्षतामा सम्पन्न भर्चुअल बैठकमा अधिकांश कार्यसमितिको पधाधिकारीहरु, प्रमुख संरक्षक, सल्लाहकारहरुको उपस्तिती थियो।

दुई चरणमा भएको छलफलको पहिलो चरणमा हालै नेपालमा भएको NRNA ICC को दशौं महाअधिबेसनको बारेमा छलफल गर्यो। अधिबेसनको एक तर्फले बिनोद कुँवरलाई अध्यक्ष घोसणा गरेको थियो भने , अर्को तर्फले ३ अध्यक्ष कुल आचार्य , बद्रि के सी , रुबिना थापा लगायत ७५ जना पदाधिकारीको घोसणा गरेको थियो। यस बिसयमा एन आर एन ए मा येति धेरै राजनीति प्रभाव परेको देख्दा सबै निकै चिन्तित देखिए र धेरैले आफ्नो व्यक्तिगत धारणा राखे पनि राज्य समन्वय परिषद स्कटल्यान्डले यसमा अहिले नै कुनै धारणा नाराख्नी प्रस्ट पार्यो ।

दोश्रो चरणको छलफलमा स्वतन्त्र स्कटल्यान्ड( स्कटल्यान्ड NCC ) को बिषयमा प्रवेश गरेको थियो। राज्य समन्य परिसद स्कटल्यान्ड बनाए देखि नै यो बिषय उठेको र बिभिन्न चरणमा छलफल भएको थियो। धेरै प्रयासहरु भए पनि पनि अझ सम्म पनि स्कटल्यान्डको आफ्नै बिधान नरहेकोले समस्या अझ जटिल बन्दै गएको जानकारी गराइएको थियो। साथै स्कटल्यान्डको अहिले आफ्नै बैंक खाता रहेको , एन आर एन ए यू के को Charity no. हुदा हुदै पनि स्कटल्यान्डको नियमले छुट्टै आफ्नो Charity OSCRमार्फत दर्ता गर्नु पर्ने भएको, धेरै NCC भन्दा स्कटल्यान्डको धेरै सदस्य रहेको, भौगालिक रुपमा धेरै टाढा भएको , एन आर एन ए यूकेले मुख्य कुराहरु को निर्णय गर्दा स्कटल्यान्डसंग छलफल नगरेको, स्कटल्यान्डले पनि गैर आवाशीय नेपालीहरुको मुद्दालाई अगाडी बढाउनु पर्ने र त्यसका लागी सक्षम भएको र स्कटल्यान्डको आफ्नै education Law, legal system, often referred to as Scots Law रहेको लगायत अन्य धेरै कारणले गर्दा स्कटल्यान्ड स्वतन्त्र हुनु पर्छ भन्ने धारणा बैठकले राखेको थियो ।

यो गम्भीर बिषयमा कार्यसमिति एक्लैले मात्र निर्णय नगरी स्कटल्यान्डको पंजीकृत सदस्यहरुसंग पनि  पनि बृहत छलफल गर्नु पर्ने र सो छलफलमा किन स्कटल्यान्ड स्वतन्त्र हुन चाहन्छ , र कसरी हुने अथवा यसको विकल्प के हो त भन्ने कुरा प्रस्ट पार्न जरुरी देखिएकोले एउटा बृहत बैठक आफ्नो सदस्यहरुसंग राख्ने निर्णय गरि बैठक टुंगिएको थियो।

गैर आवाशीय नेपाली संघ राज्य समन्वय परिषद स्कटल्यान्डका सचिब मनीष खत्रीले छलफलपछी बहुमतले जे निर्णय गर्छ, सो निर्णयलाई कार्यान्वयनको लागी कार्यसमिति पूर्ण प्रतिबद्ध रहेको समेत जानकारी गराए।