राजेन्द्र लिङ्देनले पनि छाडे पूर्वराजा ज्ञानेन्द्रको साथ, राजावादीहरुको मथिङ्गल हल्लिनेगरी दिए अहिलेसम्मकै कडा अभिव्यक्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजावादीहरुलाई झस्काउने अभिव्यक्ती दिएका छन् । अध्यक्ष लिङ्देनले आफ्नो पार्टी राजा फर्काउनेगरी अघि बढेको कुरा गलत भएको अभिव्यक्ती दिएका हुन् । कांग्रेस, एमाले र माओवादीले भनेजस्तो राप्रपाले निर्वाचनमा जितेपछि राजा फर्काउँछ भन्ने कुरा भ्रम मात्र भएको बताएका छन्।

पार्टी संगठन विस्तार दौडाहाको क्रममा सदरमुकाम गाईघाटमा शुक्रबार आयोजित ‘वृहत आमसभा’ कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले भने, ’हाम्रो देशमा कांग्रेस, एमाले र माओवादीहरूले लालु यादवले जनतालाई पुल बनायो भने त पुलिसले आएर तिमीहरूलाई पक्रेर लान्छ त्यहीं पुलबाट भने जस्तै राप्रपालाई निर्वाचनमा जितायौँ भने त राजा आउँछ नि त भनेर तर्साउने काम गरिराखेका छन्, यो भ्रमबाट हामी मुक्त हुनुपर्छ।’

हिन्दु धर्म र संवैधानिक राजतन्त्रको नारा लिएर अघि बढिरहेको पार्टीका अध्यक्ष लिङ्देनले राजा फर्काउने कुरामा विश्वास नगर्न जनसमुदायमा आग्रह गरे। ‘यो आमसभा सुनेर फर्केपछि कांग्रेस, एमाले र माओवादी नेताहरु गाउँका जनतालाई भन्नेछन्, राप्रपा ठूलो पार्टी भयो भने राजा ल्याउँछ, त्यसैले भोट दिनुहुन्न,’ उनले भने, ‘तर, म अध्यक्षको नाताले यति भन्छु, हामी राजा फर्काउने छैनौँ, जनताको दुःखसुखमा साथ दिनेछौँ, भ्रष्टाचार शून्यमा झार्नेछौँ।’

उनले धर्मको बारेमा भने केही बोल्न चाहेनन्। साथै जनताले कांग्रेस, एमाले र माओवादीलाई देश बनाउने मौका पटकपटक दिएको भन्दै उनले तर, केही गर्न नसकेको आरोप लगाए। शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल ’प्रचण्ड’ र माधव नेपाललाई पटकपटक देश बनाउने मौका जनताले दिए पनि जनअपेक्षा अनुरुप काम नगरेको हुनाले अब विकल्प खोज्न जनतालाई सुझाए।

‘यिनीहरुलाई अझै कतिपटक चान्स दिए देश बनाउलान् तरु अहँ, बनाउँदैनन्, बनाउने भए उहिल्यै बनाइसक्थे,’ उनले भने। भारत विहारका तत्कालीन मुख्यमन्त्री लालु यादवले पुल नबनाइ दिएका कारण रिसाएका जनतालाई पुल बनाए पछि गाँजा खेती गर्नेलाई त्यही पुलबाट प्रहरी आएर घरैबाट समात्ने डर देखाएर भोट फकाएको उदाहरण दिँदै कांग्रेस, एमाले र माओवादी नेताहरु पनि त्यस्तै त्रास देखाएर पटकपटक भोट लिएको आरोप उनको थियो।

तर, अब त्यस्तो डर नमान्न आग्रह गर्दै उनले नयाँ शक्तिको रुपमा उदाउँदो राप्रपालाई भोट दिएर विकास र समृद्धिको स्वाद चाख्न उनले आग्रह गरे। राजतन्त्रकाल र राजा हटेको १५ वर्षे अवधिमा देश झन् कमजोर भएको बताउँदै अध्यक्ष लिङ्देनले राजतन्त्र फालेपछि ठूला दलका सीमित नेताहरु मात्र बद्लिएको तर, निमुखा जनताको स्थिति झन्झन् दयनीय हुँदै गएको चित्रण गरे। त्यसो हुनुको मुख्य कारण भ्रष्टाचार, घुसखोरी र कमिशनतन्त्र नै रहेको उनको ठोकुवा थियो। त्यस्तो बेथिति हटाउन राप्रपा प्रतिवद्ध रहेको भन्दै उनले अब राप्रपालाई एकपटक मौका दिन जनतासँग आग्रह गरे।

राप्रपा सत्तामा पुगेमा कसैलाई भष्टाचार गर्न नदिने र आफू पनि नगर्ने भन्दै उनले ‘घुस र कमिशन खानु भनेको आमाको रगत खानुसरह’ भएको बताए। उनले आफूहरु कोही घुस कमिशन नखाने र खान पनि नदिने प्रतिवद्धता जनाउँदै राप्रपा देशको देश र जनताप्रति एक मात्र भरपर्दो र उदाउँदो वैकल्पिक शक्ति भएको दावी गरे। अध्यक्ष लिङ्देनले कांग्रेस, एमाले र माओवादीले पालैपाली शासन गरे पनि १५ वर्षको अवधिमा जनमुखी कुनै कार्यक्रम ल्याउन नसकेको बताउँदै अब जनता विकल्पको खोजीमा लागेको बताए।

संघीयता र गणतन्त्रको नाममा ठूला ३ पार्टीका नेताहरु पालैपालो पटकपटक सत्तामा पुगेको तर, राम्रा काम कुनै गर्न नसकेको आरोप उनको थियो। उनीहरु मिलेर खान चाँहि माहिर रहेको भन्दै अध्यक्ष लिङ्देनले वाइडबडी, एनसेल कर छलीजस्ता घोटालामा तीनै