हार्ने डर कि स्थानीय तह विकास गर्ने योजना : लालबाबू पण्डित मेयरमा भिड्दै ?

काठमाडौं । आसन्न स्थानिय तहको निर्वाचन निकै रोचक हुने देखिएको छ । केन्द्रीय लेबलकै नेताहरु स्थानिय तहको नेतृत्व गर्न तम्सिन थालेपछि नयाँ आशाको सञ्चार हुने देखिएको छ ।

मर्यादाक्रम तल भए पनि पर्याप्त बजेट परिचालन गर्ने अवसरका कारण संघ र प्रदेशका सांसदहरूसमेत स्थानीय तहको प्रमुखमा चुनाव लड्ने तयारी छन । विराटनगर महानगरको प्रमुखमा केन्द्रीय नेता र मन्त्री भइसकेकाले नै आकांक्षा देखाएका छन् ।

त्यसमध्येका एक हुन्, लालबाबु पण्डित । उनले आसन्न स्थानीय तह निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिन आकांक्षा देखाएको आजको कान्तिपुर दैनिकमा खबर छ । कान्तिपुरका अनुसार, एमालेका नेता तथा प्रदेशका पूर्वमन्त्री जीवन घिमिरे, केन्द्रीय सदस्य गुरु बरालले पनि मेयरमा उम्मेदवारी दिने मनस्थिति बनाएका छन् ।

त्यसो त कांग्रेसकै केन्द्रीय राजनीतिमा स्थापित अनुहारले पनि मेयरमा उम्मेदवारी दिने तयारी अघि बढाएका छन् । समाचारअनुसार कांग्रेस नेत्री डिला संग्रौला मेयरकी आकांक्षी छन् । यसबाहेक भीम पराजुली र अमृत अर्यालले पनि मेयर बन्ने चाहना पालेका छन् ।