मोदी तनावमा, कसले दियो ज्यान मार्ने धन्की

काठमाडौं । यतिबेला नेपालका प्रधानमन्त्री शेर बहादुर देउवा दक्षिणी छिमेक भारतको भ्रमणमा रहेका छन् । देउवा दिल्ली पुगेकी दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबारे सार्वजनिक भएको एउटा खबरले भारतमा हल्लीखल्ली मच्चाएको हो ।

भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी ९एनआईए० को मुम्बई एकाइमा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीलाई हत्या गर्ने धम्की दिँदै इमेल पठाइएको छ। यस्तो मेलपछि एनआईएको राष्ट्रिय एकाइले अनुसन्धान सुरु गरेको छ।

इमेल गर्नेले यो षड्यन्त्र पर्दाफास नहोस् भनेर आत्महत्या गरिरहेको बताएको छ। उनले मेलमा आफू र आफ्ना जनता प्रधानमन्त्री मोदीलाई मार्न तयार रहेको लेखेका छन्। तिनीहरूसँग २० किलो आरडीएक्स र २० स्लिपर सेल छन्।