सुरेन्द्र महर्जन ‘अमर’ लाईफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित

चैत-१३, काठमाडौं । ज्योति फिल्मस् म्युजिक अवार्ड-२०७८ द्वारा सुरेन्द्र महर्जन ‘अमर’ लाई लाईफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरेको छ । नेपाली साहित्य विविध विधाहरुमा निरन्तर कलम चलाउँदै आएका महर्जनलाई उक्त अवार्ड समानसाथ प्रदान गरिएको हो । उहाँ बाल्यकाल देखि नै साहित्यका विविध विधाहरुमा कलम चलाउँदै आउनुभएको छ । उहाँले थुप्रै कृतिहरु पनि प्रकाशन गरिसक्नु भएको छ ।