शरीरको भाइरस प्रतिरोधी शक्ति विकास गर्न केही समय खाली खुट्टाले चौरमा हिँड्ने कि ?

नारायण घिमिरे,
मानिसको शरीरमा ३७.५ ट्रिलियन कोशिका हरू हुने गर्छन्। प्रत्येक कोशिका ०.०७ भोल्ट बिजुली उत्पादन गर्ने हुँदा मानिसको शरीरमा २.६२५ ट्रिलियन भोल्ट बिजुली उत्पादन हुने गर्छ जुन मानिसको शरीरको प्रतिरक्षा प्रणालीको मुख्य आधार हो।

ब्याक्टेरिया प्रतिरोधी एन्टिबायोटिक बनी रहँदा भाइरस प्रतिरोधी ओखतीको अभावमा हाम्रो शरीरले भाइरस विरुद्ध लड्न आफ्नो शरीरको बिजुलीको उपयोग गर्ने गर्छ।

जसरी बिजुलीको प्रयोग गर्न पोजेटीब, नेगेटीब र निउट्रल चार्जको जरुरी हुन्छ त्यस्तै हाम्रो शरीर लाई समेत आफ्नो ऊर्जा प्रयोग गरी भाइरस विरुद्ध लड्न इलेक्ट्रिकल ग्राउन्डिङको जरुरत पर्छ।
सो नहुँदा “शरीरमा इलेक्ट्रोन डिफिसियन्सी सिनड्रोम” देखिने जुन शरीरमा उत्पन्न हुने धेरै विकृतिको कारक बन्ने गरेको प्रमाणित भएको छ।

यसलाई युनिभर्सिटी अफ एरिजोनाका वैज्ञानिक गेरि सचव़रटजले सूर्यमुखी फुलको बिरुवामा इलेक्ट्रिकल ग्राउन्डिङको जीव विज्ञानमा कस्तो असर रहन्छ भनी देख्न सकिने गरी हालै प्रमाणित समेत गरिदिए।
निचोडमा भन्दा, हाम्रो शरीरले आफ्नो २.६२५ ट्रिलियन भोल्ट बिजुली प्रतिरक्षामा लगाउँदै गर्दा शरीरलाई इलेकट्रोनको जरुरत हुने गर्छ। भाइरस विरुद्ध लड्ने क्रममा शरीरमा इलेकट्रोनको कमी उच्च हुन पुग्छ।
इलेकट्रोनको कमी हुँदा शरीरको भाइरस सँग जुध्ने क्षमता घट्न गई भाइरस सङ्क्रमण हुने सम्भावना बढ्छ।

आज हामी कि त घरै बस्ने गर्छौ । बाहिर जाँदा जुत्ता चप्पल लगाएर निस्कन्छौ जसले गर्दा हाम्रो शरीरले पृथ्वीलाई छुनै पाउँदैन। हामीले हाम्रो शरीरलाई ग्राउन्डिङ गरी जरुरी हुने इलेक्ट्रोन को पूर्ति गर्न खाली खुट्टाले २-४ मिनेट पृथ्वीमा हिँड्न जरुरी छ।

सकिन्छ भने घाँस भएको चौरमा तर शरीरलाई चोटपटक नहुने निश्चित गरेर। दिनमा कम्तीमा २ पटक सके ८-१० मिनेट नसके २-४ मिनेट खुट्टालाई पृथ्वीको सिधा सम्पर्कमा ल्याउन सक्दा हामी आफ्नो शरीरको भाइरस प्रतिरोध क्षमता नाटकीय रूपमा वृद्धि गर्न सक्छौ। – (घिमिरे क्यानडामा खाद्य तथा औषधि विज्ञका रूपमा कार्यरत छन् ।)