नेतृत्व इमान्दार हुने हो भने राजनीति शुद्ध हुन्छ : राजेन्द्र लिङदेन

काठमाडौं ९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नेतृत्व इमान्दार भए राजनीति शुद्ध भएर जाने बताएका छन् ।

अहिले देशले वैकल्पिक शक्ति खोजिरहेको दावी गरेका उनले नेतृत्व इमान्दार हुँदा राजनीतिप्रति नै विश्वसनियता बढ्ने जिकिर समेत गरेका छन् ।

‘अहिले देशले वैकल्पिक शक्ति खोजिरहेको छ। त्यसका लागि सक्षम र इमान्दर नेतृत्व चाहिन्छ’ उनले भनेका छन् । पार्टी प्रवेश गराउने कार्यक्रममा अध्यक्ष लिङदेनले यस्तो बताएका हुन् ।

राजनीतिको नेतृत्व गर्ने व्यक्ति सक्षम र इमान्दार चाहिएको उनले बताएका छन् ।