‘मैले पनि पार्टीमा जाने निर्णय गरेँ…’- दिपक राज गिरी

कलाकार दीपकराज गिरिले चुनावको मुखमा कलाकारहरु पार्टीमा प्रवेश गर्ने क्रम सुरु भएको भन्दै व्यङ्ग्य कसेका छन् । उनले आफूलाई पनि पार्टीमा जान मन भएको तर ती पार्टीमा प्रवेश गर्नेहरुले कहिले पो पार्टी दिने हुन् कुन्नि भन्दै व्यङ्ग्य कसेका हुन् । पार्टी प्रवेशका नाममा कलाकारहरुको चमकधमक देखिएको भन्दै कटाक्ष गरेका हुन् । ‘चुनाब आयो ! हाम्रा कलाकार साथीहरू विस्तारै पार्टी प्रवेश गर्दै हुनुहुन्छ ! त्यसैले मैले पनि पार्टीमा जाने निर्णय गरेँ !  तर उहाँहरूले पार्टी पो कहिले दिने हो कुन्नि ?’, उनले सामाजिक सञ्जालमार्फत व्यङ्ग्य कसेका छन् । मंगलबार मात्रै अभिनेत्री करिश्मा मानन्धर एमाले प्रवेश गरेकी थिइन् । यो पनि :- फागुन-०८, काठमाडौं । भगवती न्यौपानेको शब्द र एलिना चौहानको स्वर रहेको गीत सार्वजनिक भएको छ । ‘उडी जान्छ एकदिन त तिम्रो परानी, ओभनभित्र राखेपछी छिनमै खरानी’ निकै मनछुने गीत रहेको छ । उक्त गीतमा जिन्दगीको आयमहरु व्यक्त गरिएको छ । जिन्दगी रहेपछि र खत्तम भएपछिको कुराहरु देखाउन खोजिएको छ । गीत सुन्नुहोस् :-https://youtu.be/tu1CblWdvbA