‘कविता’- प्रतिक्षा मरहट्टा

‘कविता’
✍️ रचनाकार- प्रतिक्षा मरहट्टा
उज्यालाेमा गरेकाे माया

अन्धकारमा बिलिन भएछ

मधुर मुस्कानकाे हाम्राे सपना

अाँशु र राेदनले बगाएर लगेछ

याे जीवनकाे कथा कुन नदीमा खन्याउ म

याे दिलकाे व्याथा कसलाई सुनाऊ म

हाँस्ने रहर त अझैँ थियाे

जीवन अाँशुन‌ै  अाँशुले भरियाे

फक्रने समयलाई प्रतिक्षा गर्दै थिँए

जीवन काेपिला मै अाेईलाई दियाे

तिम्राे प्रतिक्षा  हाेईन मलाई

तिम्राे प्रतिज्ञा चाहिन्छ

प्रेमकाे परिभाषा हाेईन मलाई

तिम्राे स्वच्छ अभिलाषा चाहिन्छ !!