रुसद्वारा युक्रेनमाथि पहिलोपटक हाइपरसोनिक मिसाइल प्रहार, १५ हजार सैनिकसहित २ सय बढी विमान ध्वस्त, परमाणु युद्ध अभ्यास हुदै

काठमाडौँ | युक्रेनमाथि आक्रमण थालेपछि करिब १५ हजार रुसी सैनिक मरेको दाबी गरिएको छ । युक्रेनका सैन्य अधिकारीहरुले आफूहरुको सेनाले १४ हजार ७ सय रुसी सैनिकलाई मारेको दाबी गरेको हो ।युक्रेनमाथि रुसले आक्रमण थालेको २५ दिन भएको छ । युक्रेनी शहर मारियुपोल, जपोरजिया र राजधानी कीभमा भीषण संघर्ष जारी रहेको बीबीसीले जनाएको छ ।

हालै मात्र रुसले किन्झल हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको थियो । यो क्षेप्यास्त्र परमाणु र परम्परागत दुवै किसिमका हतियार बोक्न सक्थ्यो । २००० किलोमिटर मारक क्षमताको यो क्षेप्यास्त्र परमाणु बम पनि प्रहार गर्न सक्षम रहेको छ ।
परमाणु युद्धको अभ्यासको आदेश प्राप्त भए लगत्तै क्रेमलिनका अधिकारी तयारी अवस्थामा बसेका छन् । हेर्नुस –