लेटाङ प्रकरण – मृ’तक उर्मिलाको परिवारनै प्रहरीमा, गत वैशाखमा भएको थियो बिहे, श्रीमान पनि प्रहरीमै हेर्नुस घटनाको पुरा नालीबेली

मोरंग | मोरङको लेटाङमा आइतबार बिहानैदेखि बिग्रिएको माहोल शान्त पार्न उर्मिलासहितको प्रहरी टोली दिउँसो विराटनगरबाट त्यसतर्फ गएको थियो । स्थानीयको नाराबाजी र आन्दोलनलाई शान्त पार्न दिनभर खटिएका उर्मिलासहितको टोली साँझ कार्यालयमा फर्कने क्रममा भने आक्रोशित स्थानीयको निसानामा परे । आरोपित शिक्षकलाई प्रहरीले पक्राउ गरी लैजाने क्रममा ‘भीडबाट सजाय’ दिन चाहेको आक्रोशित स्थानीयले प्रहरीमाथि नै आक्रमण गर्दा उर्मिला घाइते बनिन् र उपचारको क्रममा उनको निधन भयो ।

नगरपालिकाका प्रमुख शंकर राईले विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकबाटै गल्तीको सुरुवात भएको दाबी गरे । घटनामा संलग्न शिक्षक, उनलाई बचाउन खोज्नेहरू तथा प्रहरीको हत्यामा संलग्न सबैलाई जुनसुकै अवस्थामा पनि पक्राउ गरेर कानुनी दायरामा ल्याउनु पर्नेमा उनले जोड दिए । हेर्नुस –