पीडित बालिकाको अदालतमा बयान: विवाह गर्छु भन्दै पलले कर णी गरे

काठमाडौं :

नाबालिगमाथि कर णी गरेको अभियोग लागेका पल शाहविरुद्ध जिल्ला अदालत तनहुँमा मुद्दा दायर भएको छ। बालिका कर णी गरेको आरोपमा १४ वर्षसम्म कैद सजायको मागदाबी गर्दै उनीविरुद्ध मंगलबार मुद्दा दायर भएको हो । यसअघि उनीबिरुद्ध पूर्वी नवलपरासीमा मुद्दा परेको थियो ।

तनहुँ प्रहरीले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा दायर गरेको अभियोग पत्रमा अभियुक्त शाहसँगै पीडित पक्षको पनि बयान पेस गरिएको छ ।

पीडित बालिकाले आफूसँग विवाह गर्छु भन्दै शाहले पटक पटक कर णी गरेको बयानका क्रममा बताएकी छन् ।

पीडित बालिकाले शाहका म्यानेजर कृष्ण जोशीले आफूलाई शाहसँग घुम्न जान बा’ध्य बनाउने गरेको र सुटिङका क्रममा कतै बास बस्दा शाहसँगै एउटै कोठामा बस्न बा ‘ध्य बनाउने गरेको बयानका क्रममा उल्लेख गरेकी छन् ।

‘मेरो सानैदेखि सांगीतिक क्षेत्रमा रुची रहेकोले गायन क्षेत्रमा प्रवेश गरेकी हुँ, सोही क्षेत्रमा रहेका प्रतिवादी पल शाह भन्ने पूर्ण विक्रम शाहसँग चिनजान भइ सँगै कार्यक्रममा जाँदा, भिडियो सुटिङ गर्दा निज प्रतिवादीले मेरो केयर गर्ने र मलाई माया प्रेम गरेको विश्वासमा परेँ,’ पीडितले प्रहरीलाई दिएको बयानमा भनिएको छ, ‘हामीबीच माया/प्रेम रही आएको अवस्थामा मिति २०७७ पुस १० गते पोखरास्थित प्राइम होटलमा, २०७७ चैत ७ गते गैँडाकोटस्थित रिसोर्टमा कर णी गरेका हुन् ।’

पीडित किशोरीको बुबाले दिएको पूरक जाहेरीमा पनि जोशीले शाहसँग ‘स’म्बन्ध रा’ख, तिमीलाई विवाह गर्छ, तिम्रो भविष्य राम्रो हुन्छ’ भनेर फकाएर एउटै कोठामा बस्न बा’ ध्य पारेर कर णी गर्ने व्यवस्था मिलाएको भनिएको छ ।

कर णी भएपछि त्यसबारे कसैलाई नभन्न, प्रहरीमा उजुरी नगर्न र मिल्न द’बा’ब पनि उनले दिएको अभियोगपत्रमा उल्लेख गरिएको छ । ‘मुख्य अपराधीलाई जोगाउन उनले आपराधिक षड्यन्त्रको कसूर गरेका थिए’ पूरक जाहेरीमा उल्लेख छ ।

शाहका म्यानेजर जोशी स्वयंले पनि बयानमा पीडितलाई प्रलोभनमा पार्न खोजेको स्वीकारेका छन् । उनले किशोरीबारे सूचना संकलन गर्न एक जनालाई प्रलोभन देखाएको पनि खुलाएका छन् ।

‘मलाई शाहले पुनः म्यानेजरको जिम्मेवारी दिएकाले मैले पीडित नाबालिकालाई एउटै क्षेत्रमा काम गर्ने हुँदा मिलेर जाउँ भन्दा पीडितले उजुरी गर्छु भनेकाले मैले दुर्गा अधिकारीलाई पीडित नाबालिका के गर्छिन्, कसो गर्छिन् हामीलाई खबर गर तिमीलाई मैले गीत संगीतमा सहयोग गर्छु भनेको थिएँ’ जोशीले भनेका छन्, ‘अधिकारीले भने अनुसार काम नगरेकीले उनलाई धम्कीपूर्ण म्यासेज पनि पठाएको थिएँ ।’

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार सुरुमा मासिक २५ हजार रुपैयाँमा काम गरिरहेका म्यानेजर जोशीको शाहसँग मनमुटाव भएपछि २०७८ असारमा म्यानेजरबाट हटाइएका थिए । तर केही समयपछि विवाद सुरु भएपछि शाहले उनलाई सम्पर्क गरेर तलब दोब्बर बनाएर सहयोग गर्न भनेका थिए । ‘त्यसपछि नै उनले पीडितलाई प्रलोभन देखाउन र उनको हरेक गतिविधिबारे सूचना संकलन गर्न थालेका थिए’ ती अधिकृत भन्छन् ।