घरपरिवारभित्रै सोध्नुहोस्-महिलामाथि कस्ताकस्ता हिंसा र हर्कत हुन्छन्?

– उषाकिरण तिम्सेना

समाज रोगी र कुण्ठित छ भन्ने धेरै पहिले नै थाहा थियो तर अहिले देखिएको स्तरसम्म समाज प्रतिगामी र जिर्ण छजस्तो चाहिँ लागेको थिएन। बलात्कार आरोपीका पक्षमा खुलम्खुला पक्षमा लाग्न सक्नेहरु पनि यो समाजमा रहेछन्। के महिला–के पुरुष, सामाजिक संजाल र अन्य सामाजिक प्लेटफर्मममा समेत बलात्कारीका पक्षमा देख्दा उदेक लागेको छ। घरमा वयस्क छोरी भएका आमाहरूसमेत कसरी आरोपीप्रति सदासयता राख्न सक्छन् भनेर म चकित छु। सम्झील्याउँदा कति डरलाग्दो रहेछ यो समाज!

मैले यो ‘डरलाग्दो’ घटनापछि कला क्षेत्रका सफल व्यक्तिहरूसँगसम्पर्क गरेर उनीहरूका विचार बुझ्न चाहेँ तर तिनीहरूका विचार डरलाग्दा थिए। घरमा किशोरी छोरी भएका ‘बा’हरू पनि यो घटनाबिरुद्द बोलेनन्, तटस्थ बस्न चाहे। उनीहरू बोलीदिनुको ठुलो अर्थ हुन्थ्यो तर बोल्न चाहेनन्। शायद, पपुलर न्यारेटिभविरुद्ध गएर जोखिम बोल्न नचाहेका होलान्। ईच्छाविपरित यौन सम्बन्ध त के, अनुमतिबिना अर्काको काँधमा हात राख्नु पनि हिंसा हो भन्ने कुरा उनीहरूले नबुझेका होईनन्, बुझ्न नचाहेको हुन् नाम चलेको कलाकारमाथि लागेको बलात्कारको आरोपविरुद्ध बोल्दा आफ्नो पनि कलाकारित भोलि धरापमा पर्ला कि भनेर तर्सेका हुन्।

राजनीतिमै लागेका महिलाहरूसमेत बलात्कारका बारेमा किन चुप छन् भनेर सामाजिक संजालमा केही प्रश्नहरू सोधिएका छन्। आफ्ना पार्टीका नेताहरूको जन्मदिन, बैबाहिक बर्षगाँंठ, सफलता–असफलता, कस्मेटिक र क्रृत्रिम उपलब्धिहरुमा घरघर पुगेर शुभकाना दिन भ्याउने हाम्रा कमरेडहरू कतै चुक्नु र छुट्नु भएको छैन। तर देशमा सानासाना नानीहरूको बलात्कार हुँदा भने दलका फुलीधारी महिलाहरूलाई छुँदैन।

कमसेकम मेरै पार्टीनिकट अखिल नेपाल महिला संघ (अनेमसंघ)ले मात्रै काठमाण्डूमा १ हजार महिलाहरूको जुलुस निकाल्नुको अर्थ र सन्देश पक्कै ठुलो हुने थियो। बलात्कार आरोपको विषय अदालतमा पुगेको कारणले आन्दोलन गरिएन भन्ने तर्क गर्न सकिन्छ तर यस्ता मुद्धाहरूमा लबिइङ र ऐक्यवद्धता पनि उत्तिकै आवश्यक हुन्छ। तर पीडित पक्ष स्वयंले आफू सार्वजनिक रूपमा हिँड्न र डुल्न पनि असहज भएको बताइरहेको अवस्थामा उनकै ढाडसकै लागि पनि महिला संस्थाहरू उनीकहाँ पुग्नुपर्ने होइन? साथ र समर्थन दिनुपर्ने होइन?

तर राजनीतिमार्फत नै शक्ति र सत्तामा पुगेकाहरूले आज भुईँका कुरालाई किन वेवास्ता गरिरहेका छन्? आजका किशोरीहरूका आमाहरूले वा समग्र महिलाहरूले अनेमसंघहरूलाई किन सम्झनुपर्छ भनेर कमरेडहरूले सोच्नुपर्दैन? महिलाका नाममा राजनीति गर्ने अनेमसंघलगायत अन्य महिला संघ वा संगठनले यो कुरा ख्याल गर्नुपर्दैन? १७ बर्षे किशोरीले आफूमाथि बलात्कार भएको र बलात्कारीविरुद्व कारबाही होस् भन्ने साहस देखाइन्। यस्तो बलात्कारका विषयमा समाज झस्कनु पर्थ्यो।

किशोरीको साहसमा साथ र हिम्मतलाई ढाडस दिइनुपर्थ्यो। तर उल्टै कतिपय मान्छेहरू १७ बर्षकी ती किशोरीलाई चरित्रहीन करार गर्न खोज्दै छन्। उनीहरूको कुरा सुन्दा लाग्छ, बलात्कार किशोरीले गरेकी हुन्। यो घटना बाहिरिएपछि मैले मेरा आफन्त–किशोरीहरूलाई फोन गरेर मैले भनेँ, ‘यदि तिमीहरूलाई कसैले गलत ढंगले हेर्दैछ या कसैले गलत व्यवहार गरेको भए मलाई भन्नु।’ गतहप्ता नै मेरी साथीले एक राष्ट्रिय दैनिकमा काकाले आफूमाथि बलात्कार गरेको ‘कथा’ लेखेकी थिईन्। केहि समय अगाडि अर्की साथीले आफू बच्चामै बलात्कारमा परेको कुरा सेयर गरिन् (त्यो सम्झिने बित्तिकै मेरा आँखा अझै रसाउँछन्)।अनेकौँ बहानामा चुपचाप बसेका सफल कलाकारहरू, नायकनायिकाहरु र ‘अधिकारकर्मी’हरू हो, सके फकाएर–लोभ्याएर, नसके धम्क्याएर, त्यो पनि नभए बल प्रयोग गरेर गरिने यौन अपराध नै हो। यौनसम्बन्ध त्यतिबेला मात्र जायज हुन्छ, जतिखेर दुबै निर्धक्क सहभागी हुन्छन्। यति सामान्य कुरा बुझ्न नसक्नु कमजोरी हो तर बुझ्न नचाहनु चाहिँ एक किसिमको अपराध हो। र, अन्त्यमा राजनीतिक कार्यकर्ताहरूलाई अनुरोध, तपाईँहरू लैगिंकता(जेण्डर) का जटिलताहरू जान्नु हुन्न भने आउनुस्, गम्भीर छलफल गरौँ। महिलामाथि कस्ताकस्ता हिंसा र हर्कत हुन्छ? आफू नजिकका महिलाहरू (आमा, दिदीबहीनी, श्रीमती र प्रेमिहरू)सँग छलफल गर्नुस्। त्यति गर्दा सबै विषयहरू नजानिएला, तर धेरथोर तपाईंलाई सम्वेदनशील बनाउँछ। यो पनि :-

-सेमुर मम्माडोव-

रुस–युक्रेन युद्धका क्रममा पश्चिमाहरूका तर्फबाट विभिन्न प्रतिबन्धहरू तथा युक्रेनमा हतियार आपूर्ति मात्रै रुसी अभियानलाई रोक्ने ‘पश्चिमी उपकरणहरूको एक पूरा प्याकेज’ होइन। रुसी अभियान रोक्नका लागि उल्लेखित उपायहरू प्रभावकारी हुन नसकेपछि पश्चिमले रुसी संस्कृति र रुसी मूलका जनतामाथि नै युद्ध गर्ने निर्णय ग¥यो। पश्चिमले महान् रुसी लेखक फ्योदोर दोस्तोयब्स्कीबारे उल्लेख गरिएको पाठलाई मिलानको बिकोका विश्वविद्यालयको पाठ्यक्रमबाट हटायो। यसैगरी बेलायतमा कार्डिफ फिलहार्मोनिक अर्र्केस्ट्राले आयोजना गर्न लागेको शास्त्रीय सांगितिक कार्यक्रमबाट रुसी कम्पोजर प्योतोर् चाइकोभ्स्कीको प्रस्तुतीलाई हटाइदियो।

टर्कीका राष्ट्रपति तैयप एर्दोगनले शुक्रबार एन्टालियामा आयोजित कूटनीतिक मञ्चको उद्घाटन कार्यक्रममा रुसी मूलका नागरिक र पश्चिममा रहेका रुसी संस्कृतिका प्रतिनिधिमाथिको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ र ‘फासिस्ट’ रहेको बताए। उनले म्युनिक फिलहार्मोनिक अर्केस्ट्रकाका मुख्य सञ्चालक भ्यालरी जर्गिभको बर्खास्तीको घटना उल्लेख गर्दै भने, ‘जर्मनीमा फिलहार्मोनिक अर्केस्ट्राका सञ्चालक जर्गिभलाई उनी पुटिनका साथी भएकै कारणले निकाला गरियो। के चाला हो यो? दोस्तोयब्स्कीलाई प्रतिबन्ध लगाइयो, कस्तो बकवास हो यो?’

एर्दोगानले आफ्नो भाषणमार्फत धेरैलाई आश्चर्यचकित तुल्याए। किनभने उनी तिनै रुसी लेखकको साथमा अहिले उभिएका थिए, जो रुसी साम्राज्यले इस्तानाबुल कब्जा ग।िदिए हुन्थ्यो भन्ठान्थे, त्यस्तो सपना देखेका दिए। विगतमा रुसी साम्राज्यवादी अलेक्जेन्डर २, निकोलस २ र अन्यले इस्तानाबुल कब्जा गर्ने सैन्य अभियानलाई अघि सारेका थिए।

टर्किस शहरलाई कब्जा गर्ने स्लाभोफाइल (रुसी साम्राज्यलाई विस्तार गर्ने अभियान्ताहरू) देशभक्तहरूमध्ये प्रसिद्ध रुसी लेखक फ्योडोर दोस्तोयब्स्की पनि एक थिए। तिनै लेखकका विषयमा बनेको पाठलाई बिकोका विश्वद्यिालयले हटाएकोमा टर्किस नेता भने असन्तुष्ट छन्। एर्दोगानले राजनीतिसँग संस्कृति मिसाउन नहुने तर्क गरेका छन्। यसका अलावा उनले मृतकहरूसँग लड्नु अति अस्वीकार्य हुने टिप्पणीसमेत गरे।

‘रुसी संस्कृति र मृतकहरूसँग युद्ध लडिरहेको पश्चिमले रुससँग युद्ध गर्न सक्ला भन्ने लाग्छ तपाईँलाई? मलाई त त्यसमा शंका लाग्छ। जर्मनीका ‘आइरन चान्स्लर’ ओट्टोभान बिसमार्क भन्थे, ‘रुसीसँग कहिल्यै लडाईँ नगर, तिम्रो प्रत्येक चालमा उनीहरूले अनपेक्षित जवाफ फर्काउँछन्।’

यद्यपि, पश्चिम जेसुकै गर्नका लागि तयार छ। रुसको हार निश्चित गर्नु र यसको सैन्य क्षमतालाई कमजोर बनाउनु नै अमेरिका र युरोपका लागि महत्वपूर्ण कुरा हो। र, आज रुसविरुद्व युरोपियनहरू एउटै मुठ्ठीजस्तै भएर लागिपरेका छन्। रुसविरुद्व युरोपियन एकताको यस्तै अवस्था रुसी इतिहासमा दोहोरिँदै आएका छ। र, ठ्याक्कै त्यस्तै अवस्थामा रसियन सेना पनि सफल भएका उदाहरणहरू हाम्रा अघि छन्।

यसको प्रमुख उदाहरणका लागि पिटर दि ग्रेटको नेतृत्वमा भएको रुस–स्विडेन उत्तरी युद्धलाई लिन सकिन्छ। त्यस युद्धका कारण बेलायतले रुस–स्विडेन बीच शान्ति कायम गर्ने मात्रै होइन, स्वीडेनसँग गठबन्धन गर्ने निष्कर्षमा समेत पुगेको थियो। बेलायतका अलावा अस्ट्रेलियाले पनि पूर्ण अस्वीकृत सर्तहरूमा स्विडेनसँग शान्ति कायम गर्नका लागि रुसलाई दबाब दिएको थियो।

त्यसपछि उनीहरूले पोल्यान्डमा लाट्भियाको ऐतिहासिक क्षेत्र काउरल्यान्ड खाली गर्ने आवश्यकताका विषयमा वार्ता गरे। यो क्षेत्र पोल्यान्डलाई दिलाउनका लागि त्यहाँका रुसी लडाकुहरूलाई त्यहाँबाट हटाउने विषयमा छलफल भएको हो। यसो हुँदा काउरल्यान्ड पोल्याण्डमाथि आश्रित हुनसक्थ्यो। युरोपियन देशहरू मध्ये खासगरी बेलायतले रुससँग लड्नका लागि स्विडेनलाई संशाधनहरू दिएर नै उक्साउने काम गरेका थिए। त्यस युद्धको विषयमा सबैभन्दा चाखलाग्दो कुरा के छ भने युरोपियनहरू उतिखेर स्विडेनलाई नैतिक र कुटनीतिक रूपमा त समर्थन गर्थे, तर प्रत्यक्ष रूपमा सैन्य सहयोग गरेका थिएनन्।

युद्धका क्रममा पिटरको कमाण्डमा रहेको रुसी युद्धक पानी जहाज स्विडिस किनारातर्फ गयो, बेलायतले त्यहाँ सैन्य विमान र सैनिकहरू उतार्यो तर उ सामुन्द्रिक युद्धमा भने सामेल भएन। रुसीले ग्रेनगम टापुनजिकै ब्रिटिस सैन्य फौजकै अगाडि स्विडिस सैनिकहरूलाई आक्रमण गरे र जिते पनि।

र, ठ्याक्कै, रुस–युक्रेन युद्धको सुरुवाती दिनहरूमा पश्चिमले किभलाई सहयोग गर्नका लागि सैन्य टुकडीहरू पठाउँछ भनेर हौसिरहेका मान्छेहरू थिए तर आज तिमध्ये धेरै मान्छे निराश छन्। र, अमेरिका तथा युरोपले आज अस्वीकार नगर्ने एउटामात्रै तथ्य हो, त्यो हो युक्रेनमा हतियारको आपूर्ति। यस्तो अवस्थामा उनीहरूका लागि युक्रेनले कुनैपनि तरिकाले रुससँगको प्रतिरोध जारी राखोस् र रुसको तर्फबाट राखिएका कुनैपनि माग र सर्तहरूलाई स्वीकार नगरोस्। यसकारण, रुससँग लडाईँको जारी राख्ने कुरा युक्रेनी अधिकारीहरूको स्वायत्त निर्णय हो भन्ने कुरामा शंका छ। किनभने युक्रेनसँग यो स्तरको प्रतिरोध र संघर्षका लागि कुनै संशाधन नै थिएन। हो, त्यहाँ निश्चित संशाधनहरू थिए। तर त्यो मात्रा रुसको संशाधनसँग कहिल्यै पनि तुलनीय छैन।

युद्ध सुरु भएसँगै यसलाई कायम राख्नका लागि अमेरिका र युरोपबाट युक्रेनतर्फ सैन्य तथा अन्य संशाधनहरू आउन थाले। यदि दुईमध्ये एकातर्फका संशाधनहरू समाप्त भए मात्र यो युद्ध रोकिने छ। रुससँग यस्ता संशाधनहरू भारी मात्रामा छन्, तर युक्रेनका सम्बन्धमा यसो भन्न सकिने अवस्था छैन। आज रुस हिजोको आफ्नै साधनस्रोत(युक्रेन)सँग युद्ध गरिरहेको छ जबकि युक्रेन भने आफ्ना लागि नभएर पूर्व सोभियत क्षेत्रमाथि अमेरिकाको भू–राजनीतिक स्वार्थ प्राप्तिका लागि गोटी बनेर लडिरहेको छ। दुर्भाग्यवश, पश्चिम र रुसबीचको लडाईँको पीडित युक्रेन हो। र, जुन उत्साहका साथ पश्चिम युक्रेनमा हतियार उपलब्ध गराइरहेको छ, यो सायद छिट्टै समाप्त हुने देखिँदैन।

सीजीटीएन डट कमबाट नेपाल रिडर्सको अनुवाद।