किन आउट गरे दिपक मनाङेले नायिका वर्षा राउतलाई

काठमाडौं :

नेपाली कथानक चलचित्र ‘दुई नम्बरी’बाट अभिनेत्री वर्षा राउतलाई हटाइएको छ। केही दिनअघि मात्रै यो चलचित्रमा अनुबन्धित भएका पल शाहको ठाउँमा अर्का अभिनेता सौगात मल्ललाई भित्र्याइएको थियो।

नाबालिगमाथि कर णीको आरोप लागेका पल प्रहरी हिरासतमा रहेकाले उनको ठाउँमा सौगातलाई भित्राएको फिल्म युनिटले अभिनेत्री पनि नयाँ भित्र्याउन लागेको हो।

निर्माण टिमले वर्षासँगको आन्तरिक छलफलबाटै उनलाई हटाउन लागेको बताएको छ। चलचित्रका निर्माता किरण नेपालीले अभिनेत्री परिवर्तनको निर्णय भए पनि नयाँ कसलाई लिने भन्ने टुङ्गो नभएको बताए।

यता अभिनेत्री वर्षा राउतले भने आफ्नो प्रोजेक्ट जुधेकाले आफैँ बाहिरिन लागेको बताएकी छन्।

निर्माण घोषणा भएको ३ वर्षसम्म पनि छायांकन हुन नसकेको यो चलचित्रमा दयाहाङ राई र भुटानी अभिनेत्री उगेन छोदेनले पनि शिर्ष भूमिकामा रहेर अभिनय गर्नेछन्।

यो चलचित्र मार्फत दीपक मनाङे पनि निर्माता बन्दैछन्।