यिनै शिक्षकलाइ बचाउँन जाने क्रममा गएको थियो उर्मिलाको ज्या’न

मोरङ :

कोसी अस्पताल परिसर अरू दिनझैँ सुनसान थिएन । पुरै शोकमा थियो । त्यहाँ उपस्थित सबैका आँखा रसाएका थिए । प्रहरीको एक टुकडीले शोक धुन बनाइरहेको थियो । त्यही बेला सबैको मन भक्कानियो । कर्तव्यपालनका क्रममा एक राष्ट्रसेवक प्रहरी जवानको शवलाई अन्तिम बिदाइ चल्दै थियो ।

सबै सहकर्मीमा निराशामा मात्र थियो । जसको सुरक्षार्थ खटिएका थिए, उनीहरूकै हातबाट मा’रि’न पुगिन् । अस्पताल परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि पार्थिव शरीर राखिरहँदा सहकर्मीहरू मलिन अनुहारमा थिए । जहाँ सन्नाटा छाएको थियो ।

घरपरिवार आफ्नो मान्छे गुमाउँदाको पीडाले छ’ट’प’टा’इरहेका थिए । भावविहोल थिए । त्यहीबीच मोरङको लेटाङमा ज्या’न गु’मा’एकी प्रहरी जवान उर्मिला श्रेष्ठको पार्थिव शरीरमा प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले पुष्पगुञ्छा अर्पण गरे ।

प्रमुख जिल्ला अधिकारी दाहालसँगै प्रदेश १ प्रहरी प्रमुख डिआइजी अरुणकुमार जिसी, मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीसहितका प्रहरी अधिकारी तथा उर्मिलाका सहकर्मीहरूले पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गरे र भौतिक शरीरसँग अन्तिम बिदाइ गरे ।

श्रद्धाञ्जलीपछि उर्मिलाको शव उदयपुरको त्रियुगामा रहेको परिवारले लिएर गएको छ । उनको अन्त्येष्टि उदयपुरमै गरिनेछ ।

लेटाङ ५ मा रहेको शिक्षा विकास माविमा स्थानीयसँगको झ’ड’पमा प्रहरी जवान उर्मिलाको निधन भएको थियो । एक शिक्षक मनोज पौडेललाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि स्थानीयले अवरोध गरेका थिए । त्यही क्रममा स्थानीय र प्रहरीबीच झ’ड’प भएको थियो । झ’ड’पकै क्रममा उनको घाँ’ ‘टीमा च’ ‘क्कु प्र’हा’र गरिएको थियो । च’ ‘क्कु प्र’हा’रबाट गम्भीर घाइते भएकी उर्मिलाको कोसी अस्पताल पुर्‍याउँदै गर्दा मृत्यु भएको थियो