तनहुँको किलचोक स्थित अकलादेवी मन्दिरको उद्घाटन हुने

चैत ४, शनिबार
नेपालको गण्डकी प्रदेश, तनहुँ जिल्ला म्याग्दे गाउँपालिका ३, किलचोकमा अवस्थित श्री अकलादेवी मन्दिरको गुरु योजना अनूरुप गण्डकी प्रदेश मुख्यमन्त्री माननीय कृष्णचन्द्र नेपाली पोख्रेल तथा ऊध्र्वाम्नाय श्रीकाशीसुमेरु पीठाधीश्वर जगद्गुरु शंकराचार्य अनन्त श्रीविभुषित स्वामीनरेन्द्रानन्द सरस्वती जी महाराजद्वारा संयुक्त रुपमा उद्घाटन गरिने जानकारी मन्दिर निर्माण संयोजक रामभक्त घिमिरेले बताए ।

यो मन्दिरको महिमा बुझेर योगी नरहरि नाथको सक्रियतामा २०५५ सालमा ८५ औं कोटीहोम लगाइएको थियो यसै गरी श्री अकलादेवी र रुद्रदेवी मन्दिरको स्तरोन्नति एवं तनहुँ म्याग्दे ३, किलचोकलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न धर्मगुरु व्यासाचार्य किशोर गौतम ज्यूको सक्रियतामा २०७४ चैत्र २५ गतेबाट २०७५ बैशाख ३ गतेसम्म भएको श्रीमद् देवीभागवत विराट धनधान्याचल ज्ञान महायज्ञ, रुद्रभिषेक, सप्तशति, पाठपरायण, हवन, तुलादान, विषुशान्ति तथा ज्ञानमहायज्ञमा प्रखर कथावाचक व्यास पण्डित पुरुषोत्तम वस्यालको प्रमुख वाचकत्वमा भएकोे थियो । हाल सनातन धर्मका सर्वोपरि विद्धान, धर्मका संरक्षक, शास्त्रिय मर्यादाका प्रतिपालक ऊध्र्वाम्नाय श्रीकाशीसुमेरु पीठाधीश्वर जगद्गुरु शंकराचार्य अनन्त श्रीविभुषित स्वामीनरेन्द्रानन्द सरस्वती जी महाराजबाट मन्दिरको शिलान्यास २०७६ वैसाख १६ गते सोमबार शिलान्यस गर्नुभएको थियो भने २०७८ फागुन महिनामा मन्दिरको अवलोकन गर्न गण्डकी प्रदेश मुख्य मन्त्री माननीय कृष्णचन्द्र नेपाली पोख्रेल आएका थिए ।

महायज्ञको उद्देश्यलाई पुरा गर्न म्याग्दे गाउँपालिका, प्रदेश सरकार, केन्द्रिय सरकार,स्थानीय संघसंस्था र व्यक्तिहरुको आर्थिक सहयोगबाट मन्दिर सम्पन्न भएको र चैत्र १२ गते शनिबारका दिन बिहान ११ः०० बजे उद्घाटन हुने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राधिका पन्तले बताए ।