नारायणकाजी श्रेष्ठसहित माओवादीका यी नेताहरु मन्त्री बन्दै, कुन-कुन मन्त्रालय सम्हाल्दै ?

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । नयाँ मन्त्रिमण्डलमा केही मन्त्रीहरुलाई विदा गरेर नयाँ मन्त्री नियुक्त गर्ने तयारी सत्तारुढ दलहरुमा छलफल सुरु भएको छ ।

मन्त्रिपरिषद् पुनर्गठनको तयारी भएसँगै नेकपा माओवादी केन्द्रले नेता नारायणकाजी श्रेष्ठलाईसमेत मन्त्री बनाउने कसरत गरेको छ ।

एमसीसी प्रकरणमा खुलेर अध्यक्ष प्रचण्डको विरोध गरेका श्रेष्ठलाई महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिने तयारीमा अध्यक्ष प्रचण्डले कसरत अघि बढाएका छन् ।

नेताहरु कृष्णबहादुर महरा, देव गुरुङ र लिलामणि पोखरेललाई पनि महत्वपूर्ण मन्त्रालय दिनेबारे छलफल भएको र कसलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्नेबारे भने यकिन भइनसकेको माओवादीका एक नेताले बताए ।

माओवादी केन्द्रले अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुसाललगायत मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाउने कसरत गरिरहेको छ भने नारायणकाजी श्रेष्ठलगायत केही असन्तुष्ट नेताहरुलाई मन्त्री बनाउने तयारी सुरु भएको माओवादी स्रोतले जनाएको छ ।

०७४ को संघीय चुनावमा श्रेष्ठ गोरखाबाट पराजित भएका थिए । तर पछि उनी राष्ट्रिय सभा सदस्य बनेका थिए ।

सरकारका काम प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी भएको र श्रेष्ठलाई मन्त्री बनाउने लगभग पक्का भएको माओवादी केन्द्रका एक नेताले बताए ।

सरकार पुनर्गठनका सन्दर्भमा को–को मन्त्री राख्ने, को–को हटाउने भन्नेबारे प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललगायत नेताहरु छलफलमा छन् ।

यस्तै नेकपा एकीकृत समाजवादीले मन्त्रीहरु प्रेम आले, रामकुमारी झाँक्रीलगायत मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी गरिरहेको एकीकृत समाजवादीका एक नेताले बताए ।

उनीहरुलाई फिर्ता बोलाएर मेटमणी चौधरी, जीवनराम श्रेष्ठलगायत नेताहरुलाई मन्त्री बनाउने तयारी भइरहेको ती नेताको भनाइ छ ।

एकीकृत समाजवादीबाट मन्त्री बनेकाहरु एकपछि अर्को विवादमा मुछिदै गएपछि पार्टीबाटै उनीहरुलाई फिर्ता बोलाउनुपर्ने आवाज बाक्लिदै गएको छ ।

अध्यक्ष माधव नेपाललाई पनि उनीहरुलाई फिर्ता बोलाएर चौधरी, श्रेष्ठलगायतलाई मन्त्री बनाउनुपर्ने दबाब बढेको छ ।

यस्तै नयाँ मन्त्रिमण्डलमा नेपाली काँग्रेसकी नेतृ सुजाता कोइराला मन्त्री बन्ने करिब निश्चित भएको स्रोतले जनाएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाले कोइरालालाई मन्त्री बनाउन लागेका काँग्रेसको उच्च स्रोतले दाबी गरेको छ ।

प्रधानमन्त्री देउवाले उद्योग, वाणिज्य तथा आपूर्ति र रक्षा मन्त्रालयमा मन्त्री ल्याउन लागेका हुन् । कोइरालालाई रक्षा मन्त्रालय दिने देउवाले तयारी थालेका छन् ।

निर्वाचनको मिति तोकिसकेपछि

मन्त्रिपरिषद् विस्तार या पुनर्गठन गर्न नपाउने भएकाले प्रधानमन्त्री देउवा मन्त्रीमण्डल पुनर्गठन गर्ने विषयलाई प्राथमिकतामा राखेर अघि बढेका छन् ।

नारायणकाजी श्रेष्ठ मन्त्री बन्ने !

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल पुर्नगठन गर्ने तयारी गरेका छन् । उनले १५ चैत्र अगावै मन्त्रीमण्डल पुर्नगठन गर्ने तयारी गरेका हुन् ।

मन्त्रिमण्डल हेरफेर गर्दा माओवादीले लिदै आएको केही मन्त्रालयमा पनि हेरफेर हुने बुझिएको छ ।

नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ मन्त्री बन्ने बुझिएको छ । उनले उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्रीको दाबी गरेको बुझिएको छ ।

यसअघि उपप्रधानमन्त्री नराख्ने भनेका देउवाले श्रेष्ठलाई सरकारमा ल्याउनुपरेमा काँग्रेसबाट पनि उपप्रधानमन्त्री राख्ने विश्वस्त स्रोतले बताएको छ ।

काँग्रेसबाट सुजाता कोइराला सरकारमा सहभागी हुने बुझिएको छ ।

नेकपा एकीकृत समाजवादी पार्टीबाट विरोध खतिवडा र रामकुमारी झाँक्रीको साटो जीवनराम श्रेष्ठ र मेटमणि चौधरी मन्त्री बन्ने निश्चितप्रायः छ ।

प्रेम आले र किसान श्रेष्ठलाई पनि फिर्ता बोलाउने तयारी भइरहँदा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले उनीहरुलाई सरकारमै राख्नेबारे कुराकानी गरेको बुझिएको छ ।

देउवाले महन्थ ठाकुर नेतृत्वको जनता समाजवादी पार्टीलाई पनि सरकारमा सहभागी गराउने पहल गरिरहेका छन् ।

लोसपालाई दुई मन्त्रालय दिन देउवा सकारात्मक भएको तर ठाकुरले तीन मन्त्रालय मागेको विश्वस्त स्रोतले बताएको छ ।

के हो समाजवाद र पुँजीवाद ?

अहिले नेपालमा नेपाली राजनीतिक दलहरुले आफूलाई समाजवादी भनेर नामको पछाडि फुर्को जोड्ने चलन बढ्दै गइरहेको छ । यो सँगसँगै नेताहरुको बोलीमा समेत समाजवाद र पुँजीवादका बढी कुराहरु आउने गर्छन् ।

समाजवादी पार्टी भनेर फुर्को जोड्नेहरुमा जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टी लगायत केही ठूला पार्टी हुन् भने अन्य दलहरुले पनि समाजवादी भन्ने नामसँग साइनो गाँस्न रुचाएका छन् । त्यस्तै नेपाली काँग्रेसले समाजवादलाई पार्टीको सिद्धान्तमा राखेता पनि आफूलाई बढी मात्रामा पुँजीवादी पक्षधर भन्ने गर्दछ ।

समाजवाद आफैमा एउटा अति राम्रो शब्द हो तर यो शब्दको धेरैले दुरुपयोग गर्ने गरेका छन् । र,समाजवादी आचरण देखाउँदैनन् । त्यस्तै आफूलाई समाजवादी वा पुँजीवादी पक्षधर भन्नेहरुले पनि समाजवाद र पुँजीवाद भनेको खासमा के हो भन्ने विस्तृतमा बुझेका छैनन् ।

कार्यकर्ता तहसम्म कसैले यसबारे प्रश्न गरेमा अक्क न बक्क बन्नुपर्ने स्थिति छ । यही सन्दर्भमा समाजवाद र पुँजीवाद के हो भन्नेमा आधारित रही यो आलेख प्रस्तुत गरिएको छ ।

वास्तवमा समाजवाद राज्यको त्यस्तो आर्थिक अवस्थासँग गाँसिएको शब्द हो,जहाँ देशको सम्पूर्ण अर्थतन्त्रको स्वामित्व सरकारमा निहित हुन्छ । यसलाई अर्को शब्दमा सामाजिक स्वामित्व पनि भनिन्छ । यदि सामाजिक स्वामित्व नीति अँगाल्ने राज्य छ भने त्यसलाई समाजवादी राज्य भनिन्छ ।