आफ्नो मिल्ने साथी पल शाहलाइ सम्झंदै अभिनेत्री आँचल शर्माले यसो भनिन्

काठमाडौं :

एक नाबालिगलाई कर णी गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहको पक्ष र विपक्षमा यतिबेला सामाजिक सञ्जालमा बहस भइरहेको छ । यो प्रकरणमा आम मानिसको मात्र नभइ फिल्मकर्मीहरुकै पनि भिन्न-भिन्न धारणा आइरहेका छन् । कसैले पलको पक्षमा अभिव्यक्ति दिँदै हिँडेका छन् भने कसैले नाबालिगको संरक्षणमा आवाज उठाएका छन् ।

फिल्म क्षेत्रभित्र एउटा तप्का भने अदालतमा प्रवेश गरिसकेको मुद्धामा बोल्न चाहेको छैन । विवाहभन्दा अगाडिसम्म पल शाहसँग लगातार फिल्म र म्यूजिक भिडियोमा काम गरिरहेकी अभिनेत्री आँचल शर्माले पनि अदालतमा गइसकेको केशमा आफ्नो अभिव्यक्तिको कुनै औचित्य नहुने बताएकी छन् । उनी अदालतले निष्पक्ष फैसला दिने र निर्दोषले न्याय पाउनेमा विश्वस्त छिन् ।

एक अन्तर्वार्तामा उनले भनेकी छन्, ‘अदालतमा गइसकेको केशमा हामी बोलेर वा मेरो अभिव्यक्तिले केही पनि फरक पर्दैन । अहिले यो विषयमा नबोलेकै फाइदा हुन्छ । अब अदालतले निष्पक्ष फैसला गर्नुपर्छ र निर्दोषलाई न्याय हुनुपर्छ । मेरो अभिव्यक्तिले अदालतमा गइसकेको केशलाई गाह्रो र सजिलो केही पनि नहुने भएपछि किन अभिव्यक्ति खेर फ्याल्नु भनेर मौन बसेको हुँ ।’

उनले कानुनमाथि भरोसा गर्न सबैलाई आग्रह गरेकी छन् । सामाजिक सञ्जालमा देखिएको पक्ष र विपक्षबाट असन्तुष्ट रहेकी उनी अगाडि भन्छिन्, ‘फेसबुक हेर्ने हो भने अदालत त्यहीँ छ, न्यायधीश त्यहीँ छन्, पक्ष-विपक्ष पनि त्यहीँ छ । यस्तो गञ्जागोलमा मैले अभिव्यक्ति राखेर के फाइदा ? केही बोल्यो भने गा ली आइहाल्छ । यो नकारात्मक कुरा हो । हामीले कानुनलाई विश्वास गर्नैपर्छ ।’