(Scotland Census 2022) जनगणनामा नेपाली पहिचान खुल्ने गरी सहभागी हुन नेपाल स्कटलैण्ड एसोसिएसनको अपील।

एडण्वरा, स्कटल्याण्ड।

नेपाल स्कटलैण्ड एसोसीएसनले मार्च २० स्कटलैण्डमा हुने जनगणनामा नेपाली पहिचान खुल्ने गरी सहभागी हुन अनुरोध गरेको छ। पहिचान खुल्ने गरी सहभागी हुँदा बेलायतको नेपाली समुदायको वास्तविक तथ्यांक रहनुका साथै सामुदायिक अल्पसंख्यक नेपालीहरुलाई भविषयमा आफ्नो मातृभाषाको आधिकारिकता तथा सरकारले प्रदान गर्ने सेवा सुविधा लगायका विषयमा समेत प्रभाव पर्ने भन्दै नेपाल स्कटलैण्ड एसोसिएसनले समाचार सम्प्रेषण तथा नेपाली जनमानसमा प्रतक्ष्य सहभागि भई आग्रह तथा प्रचार गर्दैआएको छ। जनगणनामा सहभागिताको लागि अपील जारी गर्दै स्कटलैण्डबासीहरूलाई मार्च २० मा हुने जनगणना (Scotland Census 2022) मा पहिचान खुल्ने गरी सहभागि हुन सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई अनुरोध गरेका छन्।

विभिन्न नेपाली संघ संस्था तथा सरोकारवाला निकायहरुसँग सुचना प्रसारण गर्दै जनगणना सचेतना कार्यक्रमको अभियान सञ्चालन गरिरहेको जनाउँदै यो महत्वपूर्ण साझा अभियानमा स्कटलैण्डका क्रियाशील नेपाली संघ-संस्था, सामाजिक अभियन्ता, पत्रकारलगायत सम्पूर्ण सूचना सम्प्रेषण तथा आवश्यक सहयोग र सहकार्य गर्नका लागि आह्वान गरिएको छ। स्कटलैण्ड सरकारले सम्बन्धित राज्यमा बसोबास गर्ने जनताको विभिन्न सूचनाहरु सहितको तथ्यांक संकलन गर्दै हरेक १० वर्षमा एउटा आम सर्वेक्षणको रुपमा जनगणना गर्ने गर्दछ र यो देशको प्रत्येक व्यक्तिको आधिकारिक गणना हो। स्कटल्याण्डका प्रत्येक घरपरिवारले यो जनगणना पूरा गर्नुपर्छ। यस्तो तथ्यांक संकलन गर्दा व्यक्तिगत विवरणको साथमा आफ्नो सामुदायिक पृष्ठभूमि सम्बन्धित प्रश्न पनि समावेश गरिएको हुने एनएसएले स्मरण समेत गराएको छ। अहिलेको जनगणनामा सबैको सहयोगले नेपालीको पहिचान स्थापनापित हुने कुरा एनएसएले विश्वास व्यक्त गरेको छ। जनगणना दिन आइतवार, २० मार्च २०२२ रहेको छ। तपाईंले सो सम्वन्धि चिट्ठीमा पहुँच कोड प्राप्त गर्ने बित्तिकै आफ्नो प्रश्नावली पूरा गर्न सक्नुहुन्छ र त्यसका लागि तल दिइएको लिङ्क पछ्याउनुहोस्। साथै मार्च २० तारीखको लागि सहयोग आपेक्षीत व्यक्तिहरूका लागि २४ औं घण्टा तत्पर रहेने एनएसएका सचिव मनिष खत्री बताउछन्।

https://survey.census.gov.scot

Open photo
धन्यवाद॥