बिस्तारै एमाले छाड्नेको संख्या बढ्न थाल्यो: गोरखाका अध्यक्ष नै माओबादी केन्द्रमा प्रवेश

गोरखा, ५ चैत ।

गोरखामा नेकपा एमालेका वडापार्टी अध्यक्ष नै नेकपा (माओबादी केन्द)्रमा प्रवेश गर्नुभएको छ ।

स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा एमाले धार्चे गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष सानुकान्छा गुरुङ माओबादीमा प्रवेश गर्नुभएको हो ।

गुरुङलाई नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रतिनिधीसभाका सांसद चुडामणी खड्काले पार्टीमा गराउनु भएको हो ।

सो अबसरमा नेकपा माओबादी केन्द्र गण्डकी प्रदेश समिति सदस्य लक्ष्मण गुरु, माओवादी केन्द्र धार्चे गाउँपालिकाका उपाध्याक्ष मीन बहादुर सुनार, गोर्खा काठमाडौ सम्पर्क समन्वय समिति जिल्ला सदस्य सुनिला गुरुङ लगायतले खादा लगाएर पार्टीमा स्वागत गरेका थिए ।

स्थानीय तहको निर्वाचनको मिति घोषणा भइसकेको अबस्थामा माओबादी केन्द्रले धार्चे गाउँपालिका संगठन बिस्तारलाई तिव्र पारेको छ । यस पटकको निर्वाचनमा धार्चेमा माओबादी केन्द्रको जीत सुनिश्चित रहेको नेता सूर्य गुरुङले बताउनुभयो ।