पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गरे काठमाडौंको मेयरमा उठ्ने संकेत

 

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का नेता डा. बाबुराम भट्टराईले आफू काठमाडौंको मेयरमा उठ्ने संकेत गरेका छन् । उनले प्रधानमन्त्री भैसकेको मान्छे मेयर बन्न गज्जबले मिल्ने भन्दै यस्तो संकेत गरेका हुन् ।

डा. भट्टराईले फ्रान्सका पूर्वप्रधानमन्त्री इडुवार्ड फिलिप अहिले त्यहाँको ले हाभ्रे नगरको मेयर रहेको समेत बताएका छन् । उनले आफूले जिवनमा जनताको लागि सार्थक काम गर्नको लागि जहिले पनि साथिहरूलाई भन्ने गरेको बताएका छन ।

सामाजिक सञ्जाल ट्विटरमा एक प्रयोगकर्ताले काठमाडौंको बाटो हिड्दा बाबुरामको याद आउने भन्दै काठमाडौं बनाउन बाबुराम जस्ता आँट भएका ब्यक्तिहरू आउनु पर्ने बताइका थिए । उक्त ट्विटको जवाफ दिँदै भट्टराईले मेयरमा उठ्न सक्ने सन्केत गरेका थिए ।

यस्तो छ बाबुराम भट्टराईको ट्विट:

प्रम भएको मान्छे मेयर बन्न गजबले मिल्छ ! फ्रान्सका पूर्व प्रम Edouard Philippe अहिले त्यहॅाको Le Havre नगरका मेयर छन्। म सधैं साथीहरूलाई भन्ने गर्छु जीवनमा जनताकालागि केही सार्थक काम गर्ने मन छ भने सांसद ताक्ने हैन आफ्नो पालिकाको प्रमुख / मेयर बन्नोस्! कसैले सुने पो ! हाम्रो संस्कार जो छ!